बागलुङ पश्चिममा राष्ट्रिय जनमोर्चा जुर्मुराउँदै

ईन्द्रमणि पाण्डे, बागलुङ । राष्ट्रिय जनमोर्चाले यतिबेला राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा जनतालाई सचेत बनाऊने भन्दै देशब्यापी रुपमा लगातार जनभेटघाट कार्यक्रमहरु सञ्चालन गरेको छ ।सोही शिलशिलामा बागलुङ जिल्लाका बिभिन्न स्थानहरुमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम चलिरहेको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं १ बुर्तीबाङमा ९ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल बुद्विजिवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेलले राजनीति, संघीयता, राष्ट्रिय जनमोर्चाको भूमिका र कम्युनिष्ट आन्दोलन लगायत बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी फागुन ११ गते नगरपालिकाको वडा नं ६ गाडीखोलामा प्रशिक्षण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुद्धिजिवी दुर्गानाथ खरेल, राजमो नेता गौरीश्वर पाण्डे र प्रदेश सभाका सदस्य खिमबिक्रम शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

फागुन १२ गते ढोरपाटन नगरपालिका वडा नं २ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको । कार्यक्रममा प्रशिक्षक दुर्गानाथ खरेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेता गौरीश्वर पाण्डेको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार