कोट्टायम नगर समितिमा विदाई कार्यक्रम सम्पन्न 

कोट्टायम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायम नगर समिति द्वारा कार्यकर्तालाई बिदाई गरेको छ । पोखरा माहा नगरपालिका १७ छोरेपाटन, बेलघारी कास्की पोखरा निवासी बिष्णु प्रसाद सुबेदीले नगर समितिको संस्थापक रहनुका साथसाथै १९८८ देखि न.स.मा विविध गरिमामय र जिम्मेदारीका पदमा रही सक्रिय र अभिभावकिय भुमिका निभाउनु भएको थियो ।
सुवेदीले नोकरी पेशाबाट अवकाश प्राप्त भै सदाको लागि स्वदेश फर्कने र स्वदेशमा गए पनि आफ्नो कार्यशैलीलाई अझ तिव्रता दिनु हुनेछ भन्ने बिश्वास सहित बधाईका साथ एक कार्यक्रमको आयोजन गरी ससम्मानित बिदाई गरेको हो ।
९ फरवरी २०२० का दिन नगर समितिले आयोजन गरेको विदाई कार्यक्रम भवानी पाण्डेको अध्यक्षतामा नगर समितिका सचिव मनोज जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । केन्द्र, क्षेत्र, नगर, महिला, विभागका अतिथिहरुको अतिथि आशन ग्रहण पछि नगर समितिका अध्यक्ष धर्मराज शर्मा अबिर लगाई सल ओढाएर केन्द्रीय समितिका चोबनाथ शर्मा लगाएत नगर समितिका कार्यकर्ताहरुले सम्झना स्वरूप स्मृति चिन्ह (मोमेंटो) भेट गरि स–सम्मानित विदाई गरिएको थियो ।
कार्यक्रममा धर्मराज शर्मा, हरी पौडेल, धन कुमारी केसी, लक्ष्मी पौडेल, लालचन्द्र पौडेल, टिकाराम वाग्ले, प्रेम शर्मा, चोबनाथ शर्मा, खुमादेवी शर्मा, डिलमाया विक, जंग बहादुर थापा, बालिका शर्मा, कुल बहादुर केसी र मनोज जिसीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार