7 जुलाई 2024 नई दिल्ली
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको अठारौ नगर सम्मेलन आगामी 14-15 सितम्बर 2024का सम्पन्न हुन गई रहेको छ । सो सम्मेलन भव्य र सानदार रूपमा सफल पार्नको लागि तैयारी भेला गरी आगामी योजना बनाइएको छ । विष्णु खनालको अध्यक्षता दिनेश पंथीको संचालनमा अगाडी बढेको भेलामा केन्द्रिय अध्यक्ष ठाकुर खनाल उपाध्यक्ष कपिल खनाल, सल्लाहकार तिलक पाण्डे, क्षेत्रीय समितिबाट पहल सिंह परियार, अखिल भारत नेपाली विद्यार्थी संघ क्षेत्रीय समितिबाट ईशा खत्री, सांस्कृतिक विभाग नई दिल्ली संयोजक निरू पुनको अतिथी आसन पश्चात ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौन धारण पछि समितिका लाल बहादुर कुवरले सहभागी सबैलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्षले “सम्मेलनले संगठन भित्रको जनवादी पद्व़तीको विकास गर्ने काम गर्दै आएको छ । भारतमा मूल प्रवाहले अनुशासनको साथै सचेतता ल्याउने काम गरेको जस्ले नेपालीहरूमा साहसको भावना विकास गराएको छ जसले गर्दा विगतमा नेपालीहरू माथी ज्यादतीको विरूद्धमा र राष्ट्रियताको चलेको आन्दोलनमा सकृय सहभागी भएको इतिहास हाम्रो सामु छ । संगठन केवल मनोरंजनको लागि होईन नेपालीहरूको मुक्ती र राष्ट्र-राष्ट्रिय रक्षाकोलागि समर्पित हुनु पर्छ र हाम्रो संगठनले त्यस विषयमा खेलेको भुमिकाले हामीलाई गौरंवित बनाएको छ” भन्नु भयो ।
भेलालाई उपाध्यक्ष कपिल खनाल, तिलक पाण्डे, बलराम परियार, खिम बहादुर नेपाली, हिमा भण्डारी लगायातले सम्बोन गर्नु भएको थियो । भेलामा सम्मेलनको योजनाबारे प्रस्तावहरू शिव के.सी.ले प्रस्तुत गर्नु भएको थियो ।
भेलाले बिनबहादुर कुवरको संयोजकत्वमा 97 सदस्यीय सम्मेलन तैयार समिति गठन गर्नुका साथै 9 सदस्यीय सम्मेलन व्यवस्थापन समिति गठन गरेको छ जसमा संयोजक बिन बहादुर कुवर, सदस्यहरूमा विष्णु खनाल, शिव केसी, पहल सिंह परियार, दिनेश पंथी, निरज पुन, पदम भुजेल, राम बहादुर जिएम, मुक्ती भुसाल रहनु भएको छ । त्यसैगरि दिनेश पंथीको संयोजकत्वमा आर्थिक समिति, पहल सिंह परियारको संयोजकत्वमा सांस्कृतिक समिति र विष्णु खनालको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।