भिवानी नगर समितिको १४औं सम्मेलन सम्पन्न

भिवानी, १३–१४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको १४औं नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं !!” भन्ने मुल नाराका अन्तर्गत सम्पन्न भएको छ ।

प्रमुख अथिती महासचिव प्रेम पौडेलले दिप प्रज्वतिल गरि उद्घाटन गर्नुभएको थियोे । उद्घाटन मन्तव्य दिंदै पौडेलले देशमा चलिरहेको राजनीति बारेमा आलोचना गर्नुभएको थियो । त्यसका साथै मूल प्रवाहको महत्व र नगरले खेल्दै आएको भुमिका तथा एकता समाजले भारत प्रवासमा खेलेको भूमिकाको बारेमा आफ्नो भनाई राख्नु भएको थियोे ।

पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा रहेका नेपालीहरूको हरेक प्रकारका समस्या समाधानमा जोड दिनुको साथसाथै उनीहरूले राज्यबाट पाउनु पर्ने अधिकारको लागि समेत संघर्षरत भएको बताउनु भयो । ‘आफ्नो स्थापना कालदेखि नै मूल प्रवाह संघर्षरत छ ।’ पौडेलले भन्नु भयो– ‘चाहे त्यो प्रवासी नेपालीहरूको सुरक्षाको सवाल होस् वा उनीहरूले राज्यबाट पाउनु पर्ने राजनैतिक अधिकार होस् ।’

‘नेपाली जनताले ठूलो आहुति दिएर प्राप्त गरेको गणतन्त्र यतिवेला खतरामा परेको छ ।’ देशको राजनीतिक अवस्थाको बारेमा बोल्दै पौडेलले भन्नु भयो– ‘राजनीतिक केवल सत्ता प्राप्तीको माध्यम बनाउने र त्यसका लागि ठूलो भ्रष्टाचार गर्ने काम काँग्रेस, एमाले, माओवादी, रास्वपा लगायत का अन्य कपिय दलहरूले गरिरहे । जसले गर्दा नेपाली जनतामा गणतन्त्रप्रति वितिष्णा पैदा भयो ।’ गणतन्त्र व्यवस्थालाई सदुपयोग गर्ने भन्दा पनि राजनीतिक पार्टीहरूको दुरुपयोग गर्ने गरेकाले नै प्रतिगामी तत्वहरूले टाउको उठाउने ठाउँ पाएको महासचिव पौडेलको भनाई थियो ।

मोहनसिंह वि.क.को अध्यक्षता र भुपबहादुर थापाको सञ्चालनमा कार्यक्रम अघि बढेको थियोे । समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियोे । त्यस्तै केन्द्रीय सदस्य बिक्रमसिंह राणा, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष शालिकराम आचार्य, अखिल नेपाल महिला संघ सैनामैना समिति कि उपाध्यक्ष मिना भट्टराई, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबी बिकले आतित्थ्यता रहेको थियो ।

चिर परिचीत सहिदहरूको सम्झनामा एक मिनेट मौनधारणा पछि उपस्थित जनसमुदायलाई नगर सदस्य भुवन भण्डारीले शब्दद्धारा र रक्तिमका कलाकारहरूले गित–संगितद्धारा स्वागत गरिएको थियोे । अन्य अथितीहरूले आ–आफ्ना गहकिला बिचार उपस्थितहरूका बिच राख्नु भएको थियोे ।

बन्द सत्र :
अध्यक्षमण्डलको अध्यक्षता मनिराम अधिकारीले गर्नुभएको थियो भने उर्मिला कोपिला र चोव बहादुर पाण्डे रहनुभएको थियोे । बन्द सत्रको सञ्चालन चोव बहादुर पाण्डेले गर्नुभएको थियोे । प्रगति प्रतिवेदन मोहनसिंह बिकले गर्नु भएको थियो । जस्माः एकमतले पारित भएको थियोे । आर्थिक प्रतिवेदन सालिकराम आचार्यले गर्नुभएको थियोे । छलफल पछी एकमतले पास भएको थियोे । पेनल प्रस्तुत एवं संख्या बिक्रमसिंह राणाले प्रस्तुत गर्नु भएको थियो । जस्माः २१ पुर्ण, सात बैकल्पिक, सात सल्लाहकार गरि ३५ सदस्यीयको पेनल प्रस्तुत गरिएको थियोे, जस्माः छलफल पछि एकमतले पास भएको थियोे ।

घोषणा सभाः
प्रमुख अथितीमा केन्द्रीय महासचिव प्रेम पौडेल, विशिष्ट अथितिमा बिक्रम सिंह राणा, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य, पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा रोहतक नगर समितिबाट रेशम वि.क., प्रवासी नेपाली संघ भारत नगर समिति भिवानीका अध्यक्ष हिरा सोनी, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि वि.क., क्षेत्रीय समाता बिभाग सदस्य अशोक सुनार रहनु भएको थियोे ।

अध्यक्षता बि.बि. कोपिला र सञ्चालन मनिराम अधिकारीको रहेको थियोे । एक मिनेट मौनधारणा पछी गोर्वधन वि.क.ले शब्दमा र रक्तिमबाट स्वागत गितले उपस्थित जनमानसमलाई स्वागत गर्नुभएको थियोे ।

अथिती वक्ताहरूले आ–आफ्नो बिचार राख्नु भएको थियो । नयाँ समितिको घोषणा पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रेशम वि.क.,ले गर्नुभएको थियो । जसमाः अध्यक्ष– डिल बहादुर भट्टराई, उपाध्यक्ष– जमन सिंह वि.क., कोषाध्यक्ष– सलिकराम आचार्य, सचिव– गोर्वधन वि.क., सह सचिव– मनिराम अधिकारी, सदस्यहरूमाः भुवबहादुर थापा, भुवन भण्डारी, चोवबहादुर पाण्डे, बिकाश मल्लठकुरी, तुलबहादुर गाहा, रमेश जि.सी., बि.बि.कोपिला, प्रकाश के.सी, कमला परियार (वि), अशोक सुनार, अमित्रा वि.क., रमेश क्षेत्री, मोहनसिंह वि.क., श्याम वि.क., धन बहादुर नेपाली, मान बहादुर रायमाझी, बैकल्पिक सदस्यमाः उर्मिला कोपिला, गोपाल सोनी, बिमला जि.सी., प्रेम सुर्यवंशी, धन बहादुर सोमैमगर, जुम बहादुर रास्कोटी मगर र एक स्थान रिक्त राखिएको छ ।

त्यस्तै सम्मेलनले मदन वि.क., हुम बहादुर जि.सी., नारायण परियार, सुरज ओझा, पदम सिंह ठकुरी, राधा वि.क.लाई सल्लाहकार चयन गरेको छ र एक स्थान रिक्त राखिएको छ ।

महिला बिभाग :
उर्मिला कोपिला को सयोजकमा सदस्य महिला बिभाग घोषणा गरिएको थियो जस्मा कमला परियार (ए), हस्तु देबि वि.क., सिमा के.सि., कल्पना जि.सी., रुपतारा सिंह ठकुरी, कमला परियार (वि), कमला परियार (सि), ज्ञानु मल्ल, मिना सोमैमगर, गिता क्षेत्री, राधा नेपाली, तारा नेपाली, शान्ति नेपाली, शोभा के.सि., सीता भुसाल, मिना सुनार, साबित्रा जि.सी. र नारायणी अर्याल रहनु भएको छ ।

नव निर्वाचित समितिलाई बधाई एवं कार्यकालको शुभकामना दिदै प्रमुख अथिती पौडेलले स्थापना सदस्य मनिराम सोनी र बि.बि. कोपिलालाई दोसल्ला ओढाएर सम्मान्न गर्नु भएको थियोे ।

अन्त्यमा रक्तिम साँस्कृतिक विभागका कलाकारहरूद्धाराबाट जोरदार साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार