संगठनका सिद्धान्तनिष्ठ कार्यकर्ताहरु कतै विचलित हुँदैनन् : मूल प्रवाह

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केही कार्यकर्ताहरु प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेको भ्रामक समाचार प्रति समाजको केन्द्रीय समितिद्वारा खण्डन गरिएको छ । समाजका कार्यवाहक अध्यक्ष ठाकुर खनालले विज्ञप्ती जारी गरि– विभिन्न समाजिक सञ्जाल तथा ई–समाचारहरु मार्फत फैलाइएका खबरहरुप्रति गम्भिर ध्यानाकर्षण भएको र उक्त समाचार भ्रामक भएको जनाउनु भएको छ ।
खनालले जारी गर्नुभएको उक्त विज्ञप्तीमा संगठनको वापी पश्चिम नगर समितिका कार्यकर्ता कृष्ण कुँवर, मान बहादुर रावल, निखिल रावल, हरिसिंह काउछा र विनीता काउछाले संगठनले पहिले नै निष्काशन गरि सकेको जनाउनु भएको छ ।
विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छः
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न समाजिक सञ्जाल तथा ई–समाचारहरु मार्फत फैलाइएका खबरहरुप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।
संगठनको वापी पश्चिम नगर समितिका कार्यकर्ता कृष्ण कुँवर, मान बहादुर रावल, निखिल रावल, हरिसिंह काउछा र विनीता काउछाले संगठनको उदेश्य, नियम तथा विधानका विरुद्धमा काम गरेको हुनाले त्यस प्रकारको गतिविधिबाट सुध्रिएर नआउँदासम्म वहाँहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सम्पूर्ण स्तरबाट पश्चिम भारत क्षेत्रीय समितिले निष्काशन गरेको थियो । ति व्यक्तिहरु हाम्रो संगठनबाट आफ्नो अभीष्ट महत्वाकांक्षा पूरा नहुँदा पलायन भएका छन् । विभिन्न व्यक्तिहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिंगो पश्चिम वापी नगर समिति प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेको भन्ने भ्रामक समाचारहरु सम्प्रेषण गरेका छन्, केही व्यक्तिहरुले संगठन छोड्दैमा सिंगो संगठन गएको हुँदैन ।
विश्वव्यापी रुपमा निम्न पू“जीवादी चिन्तन कै कारण पद प्रतिस्ठा, सहुलियतको लागि काम गर्ने प्रवृत्ति बढेर गएको छ । देशभित्र कै वाम अन्दोलनलाई हेर्दा पनि विगतमा निस्वार्थ भावले देश र जनताका लागि काम गरेका कैयौं व्यक्तिहरु व्यक्तिगत सम्पत्ती, पद प्रतिष्ठा कै लागि विगतमा उनीहरुले आफैले स्थापित गरेका मूल्यमान्यताहरुलाई कुल्चदै अनेकौं प्रलोभनका शिकार बनी कैयौं काण्डमा खलनाएका बनेका छन् । त्यसको असर समाजका अन्य तप्काहरुलाई पनि पर्नु स्वभाविक हो । त्यही क्रममा हाम्रो संगठनसँग सम्बन्धित कतिपय साथीहरुबाट संगठनमा पदको महत्वाकांक्षा राख्दै समय समयमा वार्गेनिङसम्म गर्ने प्रयत्न भएका थिए । हाम्रो संगठनको पद्धति अनुसार जिम्मेवारीलाई पद प्रतिष्ठा भन्दा पनि कर्तव्यको रुपमा स्वीकार्ने गरिन्छ । संगठन भित्र भएका कतिपय समस्या तथा मतभेदहरुलाई आन्तरिक छलफल र बैठकद्वारा समाधान गर्ने पद्धतीलाई निषेध गर्दै गुटगत प्रकारले षडयन्त्र पूर्वक जनतालाई गुमराह गर्ने प्रयत्न गरिएको थियो । साथीहरु नेतृत्व मै जान नपाएको महत्वाकांक्षा वहाँहरुको राजीनामामा प्रष्टछ ।
देशको क्रान्तिकारी आन्दोलनलाई दिशा विहिन बनाउन पूँजीवादी शक्तिहरु पहिले देखि नै लागिपरेका छन् । जसको परिणाम देशको वामपन्थी आन्दोलन दक्षिणपन्थी दिशामा भासिन पुग्यो । अहिले आएर दक्षिणपन्थीहरु पनि घुमाई फिराइ पूँजीवादको सेवा गरिरहेका छन् र क्रान्तिकारी आन्दोलन तथा संगठनहरुलाई कम्जोर पार्न प्रयत्नशिल छन् । त्यसको निम्ती जुनसुकै प्रकारको विनियोजन गर्न पनि पछि पर्दैनन् । वापी नगर समितिका कतिपय साथीहरुको राजीनामा र प्रवासी नेपाली संघ भारतको आयोजित कार्यक्रम कुनै संयोग होइन भन्ने कुरा कार्यक्रमको प्रकृतिले प्रष्ट पार्दछ ।
त्यस प्रकारका घटनाबाट संगठनका सिद्धान्तनिष्ठ कार्यकर्ताहरु कतै विचलित हुँदैनन्, आफ्नो लक्ष्य र उदेश्यप्रति निरन्तर अग्रसर रहन्छन् । हाम्रो संगठनका कार्यकर्ताहरु निस्वार्थ भावले भारतस्थित नेपालीहरुको हकहित एवं देशको राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि निरन्तर कार्यरत छन् ।
सम्पूर्ण मिडियाहरु विषयको गहिराइ र यथार्थको ज्ञान विना समाचार प्रसारण गरि आफ्नो गरिमालाई धुमिल हुनबाट बच्नु पर्ने आवश्यकता हुन्छ ।”

विज्ञप्तीको पूर्ण पाठ PDF मा Press Release

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार