विद्यार्थी तथा महिला विभाग पनि गठन
वेल बहादुर रजाली
जोधपुर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जोधपुरको सातौं नगर सम्मेलन सम्पन्न भएकोछ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो । खनालले उद्घाटन मन्तव्यमा पुराना त पुराना नयाँ भनिएकाहरू पनि विभिन्न प्रकारका भ्रष्टाचारमा चुर्लुम्मै डुबेका बताउनु भयो ।
‘पुराना त पुराना नयाँ भनिएकाहरू पनि विभिन्न प्रकारका भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् ।उनीहरुले पनि देशको विभिन्न माध्यमबाट चरमप्रकारको भ्रष्टाचार गरिरहेका छन् । सलह किराले बाली सिध्याउँछ, अहिले नयाँ भनिएकाहरुले देशको अर्थतन्त्र ।’ अध्यक्ष खनालले भन्नु भयो– ‘देश दिनप्रतिदिन भ्रष्टाचारको अखडा बनिरहेको छ । विभिन्न प्रकारका भ्रष्टाचारमा राजनीतिक पार्टीहरू तल्लिन छन्, त्यसका लागि सत्तामोहमा फस्दै गइरहेका छन् ।’
प्रवासी नेपालीहरुको मताधिकारको सवालमा अध्यक्ष खनालले सरकार उदासिन भएको बताउनु भयो । ‘प्रवासी नेपालीहरूले पठाएको रेमिटेन्स चल्ने, उनीहरूको भोट नचल्ने यो कहिलेसम्म ?’ अध्यक्ष खनालले भन्नु भयो – ‘प्रवासी नेपालीहरूले पठाएको रेमिटेन्सले देश चलाउनेहरुले, उनीहरुको समस्या पनि सुन्न सक्नु पर्दछ ।’
सम्मेलनले यम बहादुर नेपालीको अध्यक्षतामा २१ सदस्यीय मूल प्रवाह जोधपुर नगर समिति चयन गरेकोछ । जसमाः उपाध्यक्ष– गणेश बोगटी, सचिव– खगेश्वर शर्मा, सहसचिव– सानू बस्नेत, कोषाध्यक्ष– उदित भण्डारी, सदस्यमाः पदमा भण्डारी, जित बहादुर थापा, रामबहादुर पोख्रेल, गोपाल नेपाली, शंकर बस्नेत, ताल बहादुर गुरुङ रहनु भएको छ भने र दुई स्थान रिक्त राखिएको छ । त्यसैगरी बैकल्पिक सदस्यमा शुशिला भण्डारी, धन बहादुर, भीमबहादुर, माधव भण्डारी एवं सल्लाहकारमा होम बहादुर गुरुङ, मान सिंह, तुलसी सुवेदी र एक स्थान रिक्त रहेको छ ।
घोषणा सभा कार्यक्रमको अध्यक्षता खगेश्वर शर्मा, सञ्चालन रिम रानाले, स्वागत मन्तव्य यम बहादुर नेपालीले दिनुभएको थियो ।
सम्मेलनका प्रमुख अतिथि मूल प्रवाह भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिका उपाध्यक्ष ओम थापा, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सदस्य साक्षी थापा, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय सदस्य मंगल सिंह खड्का, पश्चिमोत्तर क्षेत्रीय साँस्कृतिक विभागबाट शुश्मा थापा, विद्यार्थी पश्चिमोत्तर क्षेत्रीय सदस्य सोनीया थापा हुनु हुन्थ्यो ।
ज्ञात अज्ञात शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । बीच बीचमा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सम्मेलनको अवसरमा अखिल भारत नेपाली विद्यार्थी संघ जोधपुर नगर समिति तथा महिला विभाग जोधपुर नगरको पनि गठन गरिएको छ।
अखिल भारत नेपाली विद्यार्थी संघ नगर समिति जोधपुर
अध्यक्ष– सिन्धु शर्मा, उपाध्यक्ष– अर्जुन सोनी, सचिव– सोनु थापा, सहसचिव– मनिसा, कोषाध्यक्ष– संगिता भण्डारी, सदस्यहरुमाः सिमा शर्मा, मुन्ना खत्री, मनिष, पिंकी भण्डारी, जय भण्डारी, चेतन बस्नेत, रमेश, अस्मिता खत्री, सरिता थापा र एक स्थान रिक्त रहेकोछ । त्यसैगरी बैकल्पिक सदस्यमा: सरिता सोनी, शृजना, पुजा सोनी, ममता भण्डारी र यशस्नवी नेपाली एवं सल्लाहकारहरू वसन्त, बन्जु शाह, सुरेश, निर्मल र एक स्थान रिक्त रहेकोछ ।
महिला विभाग जोधपुरमा
संयोजक सानु बस्नेत, सदस्यहरुमा पदमा भण्डारी, सुशीला भण्डारी, गिता खत्री, शोभा भण्डारी, नुमा शाह, कमला शर्मा, योगिता गुरुङ, पार्वती थापा, रेशमा नेपाली, सिन्धु शर्मा, दिपिका भण्डारी र तुलसी भण्डारी हुनुहुन्छ ।
घोषणा सभा भन्दा पूर्व उद्घाटन तथा बन्द सत्र सम्पन्न भएको छ । उद्घाटन समारोहको अध्यक्षता जीत बहादुर थापा, सञ्चालन खगेश्वर शर्माले गर्नुभएको थियोे भने स्वागत मन्तव्य यम बहादुर नेपालीले गर्नु भएको थियो । सो सातौं सम्मेलनको उद्घाटन प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो भने अन्य अतिथिहरुमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय सदस्य मंगल सिंह खड्का, महिला विभागबाट सानु बस्नेत, विद्यार्थीबाट सिन्धु शर्माले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।