रेवाडी नगर समितिको सातौं सम्मेलन सम्पन्न

  • रामबहादुर खड्काको अध्यक्षतामा ९ पूर्ण ३ वैकल्पिक, ३ सल्लाहकार गरि १५ सदस्यीय रेवाडी नगर समिति निर्वाचित
    • ज्ञान प्रसाद शर्मा

    रेवाडी ४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको सातौं नगर सम्मेलन भव्यताको साथ सम्पन्न भएको छ । २८ जुलाईका दिन बन्द–सत्रको आयोजन भएको थियो । चार अगस्तका दिन घोषणा सभा सम्पन्न भएको छ ।

    सम्मेलनको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समिति अध्यक्ष शालिकराम आचार्यले मोमबत्ती बालेर गर्नुभएको थियो । आफ्नो उद्घाटन सम्बोधनमा उहाँले संगठनको आवश्यकता, कार्यकर्ताहरूको जिम्मेदारी, स्थानीय, राष्ट्रिय र अन्तरर्राष्ट्रिय राजनीतिक उथलपुथलले पुर्याएको असर बारे प्रकाश पार्नु भयो । उहाँले भारतस्थित नेपालीहरूको वर्तमान अवस्था र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निभाएको जिम्मेदारी बारे जानकारी दिनु भयो।

    विशिष्ट अतिथिको रूपमा केन्द्रीय सदस्य विक्रम राणाले संगठनको पद्धति, कार्यकर्ता चयन प्रक्रिया र समाजको आवश्यकता बारे विस्तार पूर्वक विचार राख्नु भयो । कार्यक्रममा महिला विभाग की संयोजक शान्ति सिंहले विभागको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

    नगर समितिको सचिव ज्ञान प्रसादले संगठनको प्रतिवेदन प्रस्तुत गर्नु भयो । विभिन्न सुझाव र आएका टिप्पणीहरूमा स्पष्टीकरण पछि हाउसबाट पास भयो । त्यसै अनुसार कोषाध्यक्ष जोग बहादुर आलेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  ।

    घोषणा सभाः

    चार अगस्तका दिन राम बहादुर खड्काको अध्यक्षता, ज्ञान प्रसाद शर्माको सञ्चालनमा अतिथि आसन ग्रहण पछी प्रेम अधिकारीको स्वागत, कलाकारद्वारा श्रद्धाञ्जली गीत र पश्चिमोत्तर क्षेत्रीय समिति कोषाध्यक्ष राम प्रसाद घिमिरेद्वारा कार्यकारिणी घोषणा गर्नु भयो ।

    सम्मेलनले रामबहादुर खड्काको अध्यक्षतामा ९ पूर्ण ३ वैकल्पिक, ३ सल्लाहकार गरि १५ सदस्यीय रेवाडी नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– देवेन्द्र केसी, सचिव– हिमलाल अधिकारी, सहसचिव– रितिका बस्नेत, कोषाध्यक्ष– जोग बहादुर आले, सदस्यहरूमाः बिष्णु प्रसाद भण्डारी, प्रेम अधिकारी, शान्ति सिंह, जसवंत सिंह, वैकल्पिक सदस्यमाः लक्ष्मण श्रेष्ठ, वीना रेश्मी र एक स्थान रिक्त, त्यसैगरि सल्लाहकारमाः संदीप सोनी, माया थापा र ज्ञान प्रसाद शर्मा चयन हुनुभएको थियो ।

    महिला नगर विभाग :

    संयोजकः शांति सिंह, सदस्यमा क्रमशः बसन्ती सिंह, लक्ष्मी सिंह, रितिका बस्नेत, बिमला बस्नेत, चन्दा अधिकारी, लक्ष्मी सिंह, चन्दा अधिकारी, उर्मिला सोनी, गंगा श्रेष्ठ, वीना रेशमी, माया थापा, मीना शर्मा, सुषमा खड्का र माया शर्मा रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई रेवाडी नगर परिषदका पूर्व कार्यकारी अधिकारी र विभिन्न संघ संस्थाहरूसँग जोडिएका एडवोकेट मनोज यादव, क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे, अखिल भारत नेपाली विद्यार्थी संघकी क्षेत्रीय सदस्य मनीषा परियार, कलाकार टीमको तर्फ देखी भूप बहादुर, भिवाडी नगर समितिको काजीराम श्रेष्ठ, निमराना देखी रोम पुन, भिवानी नगर समितिदेखि डिल बहादुर भटराई, महिला विभागकी हस्तो देवी, आरएसओ रमेश वशिष्ठ सहितका अतिथिहरूले शुभकामना दिनुभएको थियो ।

    भिवानीबाट आएका रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिय । नगर समिति रिवाडीको तर्फदेखि कलाकारहरुलार्य सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार