
मिना हमाल (निलगिरी)
उठ नारी जुट सबै अधिकार ल्याउनलाई
अघि अघि बढ्नु छ हक पाउनलाई
हातमा हात मिलाउदै एक भई उठ्नु छ
सघर्षको मैदानमा हामी जुटनु छ
आकासमा एरोपेलङ उठाई सके नारीले
नेपालका नारी पछि अत्याचारिले
उठ नारी जुट सबै अधिकार ल्याउनलाई
अघि अघि बढ्नु छ हक पाउनलाई
काला कानुन नियम लागु हुन्छ नारीलाई
अन्याय र दमन हरु सधैं भरीलाई
भाषण र कुरा गर्छन नारी पुरुष बराबर
कस्ले पायौ नारीले आफनो अधिकार
यो युगमा नि हामीहरु हुन्न चुप रहेर
दमनकारी जनजाल तोड्यौ एकमत भएर
उठ नारी जुट सबै अधिकार ल्याउनलाई
अघि अघि बढ्नु छ हक पाउनलाई















