गुरुग्राम, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिको १६औं नगर सम्मेलन सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको उक्त उद्घाटन कार्यक्रममा सहभागिहरुमा ज्ञात–अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि सुरज गतराजले स्वागत गर्नुभएको थियो । सम्मेलनमा महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।
दिप प्रज्वलित गरि सम्मेलनको उद्घाटन प्रमुख अतिथि पौडेलले गर्नुभएको थियो । पौडेलले उद्घाटन भाषणमा भारत प्रवासमा ‘मूल प्रवाह’ सामाजिक काममा अग्रस्थानमा रहेको बताउनु भयो । पौडेलले भारत प्रवासमा प्रवासी नेपालीहरुको हकहितमा मूल प्रवाह मात्रै रहेकोमा पनि जोड दिनु भएको थियो । ‘भारत प्रवासमा विभिन्न नाममा विभिन्न संगठनहरु भएता पनि भारत प्रवासमा रहने नेपालीहरुको हकमा काम गर्ने संगठन मूल प्रवाह हो ।’ पौडेलले भन्नु भयो– ‘चाहे निर्दोष नेपालीहरुलाई पशासनले सताइएको विरोधमा होस् वा प्राकृतिक आपदामा परेकाहरुको हकमा होस् मूल प्रवाह मात्रै खटिएको छ ।’
त्यस्तै केन्द्रीय सदस्य शिब केसी, शेर बहादुर थापा, केन्द्रीय सल्लाहकार राम बहादुर गौतम, क्षेत्रीय समितिबाट दिनेश पंथी, समुन्द्र सिंह गौतम, महिला क्षेत्रीय विभागबाट सुमित्रा थापा, रक्तिम क्षेत्रीय विभागबाट प्रकास गतराज, समता नगर विभागबाट जित बहादुर विक, जनजाति नगर विभागबाट शिब थापा लगायतको आतित्थ्यता रहेको थियो ।
घोषणा सभा
दोश्रो दिन महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा घोषणा सम्पन्न भएको छ । रण बहादुर थापाको अध्यक्षता र सुरज गतराजको संचालकबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई गोपाल भट्टराई र कलाकारहले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले गोपाल भट्टराईको अध्यक्षतामा १७ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरि २७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– कमल रायमाझी, सचिव– प्रकाश गतराज, सहसचिव– शिव थापा, कोषाध्यक्ष– जित बहादुर विक, सदस्यहरुमाः सुरज गतराज, शेर बहादुर थापा, राम बहादुर गौतम, रण बहादुर थापा, समुन्द्र सिंह गौतम, दल बहादुर जिसी, गोपाल खनाल, सुमित्रा थापा, दिल बहादुर विक, कमल खनाल, दुर्गा राना र गोविंद थापा रहनुभएको छ । त्यस्तै वैकल्पिक सदस्यहरुमाः धर्म केसी, मिना परियार, सुरज बहादुर नेपाली, प्रकाश विक र रिबन राना रहनुभएको छ ।
सम्मेलनले घनश्याम कोईराला, बिष्णु नेपाली, बिष्णु विक, पदम विक र कृष्ण अधिकारीलाई सल्लाहकार चयन गरेको छ ।
महिला विभाग :
संयोजक- सुमित्रा थापा, मिना परियार, तुल कुमारी थापा, चन्नीसरा थापा, सिता गतराज, मायाँ विक, फुर्सा विक, सुशीला गौतम, रश्मी थापा, सरिता विक, सरिता नेपाली, निर्मला परियार, वेलउता विक, भिमा विक, कमला विक, मिना खनाल, सिता केसी, कला सुनारी, सिमा गतराज, विपना केसी र सिता जिएम रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य शिव केसी, शेर बहादुर थापा, सल्लाहकार राम बहादुर गौतम, केन्द्रीय प्रतिनिधी राम बहादुर विक, क्षेत्रीय सदस्य रेशम बि,क, दिनेश पंथी, महिला क्षेत्रीय विभागबाट सुमित्रा थापा, रक्तिम क्षेत्रीय विभागबाट प्रकाश गतराज, विधार्थी क्षेत्रीय समितिबाट इसा केसी, साँस्कृतिक विभागबाट पहलसिंह परियार, समाजसेवी छवीलाल क्षेत्री लगायतको आतित्थ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।