लट्ठै पार्याे

– प्रेम गायक

पैला मलाई लट्ठै पार्याे
महाकालीले ।
ऐले मलाई मख्खै पार्याे
शक्तिशालीले ।

जो कराए नि कराउन्
मलाई मतलब छैन ।
बाचुन्सम्म कुसी मलाई
नभई हुँदैन ।

पैला बाटो छेक्न आए
बासी गुटहरु ।
महाकाली बुझाइदिएँ
पार्टी फुट्यो बरु ।

ऐले पनि त्यस्तै त्यस्तै
छनक पा’छु मैले ।
अमेरिकालाई खुशी बनाई
पठाइदिन्छु ऐले ।

जे भने नि भनुन्
मलाई मतलब छैन ।
प्राण दिन्छु कुर्सी मलाई
नभई हुँदैन ।

पैला मलाई लट्ठै पार्यो
महाकालीले ।
ऐले मलाई मख्खै पार्यो
शक्तिशालीले ।
स्वागत गर्छ यसपाली
ठुल्दाइले तालीले ।

जे सोचे नि सोचुन्
मलाई मतलब छैन ।
मलाई एकछिन पनि
कुर्सी नभई हुँदै हुँदैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार