बुटवलमा राजमोद्वारा घरदैलो कार्यक्रम

टेकराज भुसाल
फागुन, १५ बुटवल । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान रुपन्देहीमा उत्साहका साथ अघि बढेको छ ।

रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थ, तिलोत्तमा र सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा जनभेटघाट सहित सदस्यता वितरण तथा संगठन निर्माण गरिएको राजमो रुपन्देहीले जनाएको छ ।

बिशेष संगठनात्मक अभियान सञ्चालन रूपन्देहीका ईञ्चार्ज चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष बद्र आलम, सचिव टान बहादुर केसी, ५ नम्बर प्रदेश कोषाध्यक्ष गणेश गौतम, नेत्र आचार्य, लक्ष्मी कुँवर, कपिल पौडेल लगायतको नेतृत्वमा विभिन्न टोलीहरु निर्माण गरि संगठनात्मक अभियान सञ्चालन गरिएको र रुपन्देहीमा हजार भन्दा बढिलाई सदस्यता प्रदान गरिएको बिशेष संगठनात्मक अभियान सञ्चालन रूपन्देहीका ईञ्चार्ज चेतनाथ आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार