नेपाली युवाहरुलाई  विदेश पलायन गराउने काम मुख्य रुपमा राज्यसत्ताले नै गरेको छ : पुनमगर

  • आगरा नगर समितिको आठौं सम्मेलन सम्पन्न
  • आगरा, २५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले दिप प्रजोलित गरि गर्नुएको थियो ।

    उद्घाटन मन्तव्य दिंदै खनालले मूल प्रवाह एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारतस्थित श्रमजिवी नेपालीहरुको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताउनु भयो ।

    ‘नेपालका कैयौं राजनीतिक दलका भातृ संगठनहरु भारतमा छन् तर, उनीहरुले केवल भारतमा रहेका श्रमजिवी नेपालीहरुलाई दिग्भ्रमित बनाउने काम मात्रै गर्दै आएका छन् ।’ खनालले भन्नु भयो– ‘भ्रमको आयु लामो हुँदैन, मूल प्रवाहले सबैखाले भ्रमहरुलाई चिर्दै सत्य कुराको पहिचान श्रमजिवी नेपालीहरुलाई गराउँदै आएको छ ।’ खनालले भारत भरिका नेपालीहरु मूल प्रवाहमा आवद्ध हुनपर्ने आवश्यकता प्रति पनि जोड दिनुभयो ।

    दिनानाथ थापाको सञ्चालन एवं रामबहादुर केसीको अध्यक्षता र पुरनचन्द सोनीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । उद्घाटन कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव शिव केसी, विद्यार्थी क्षेत्रीय समितिबाट विनोद परियार लगायतको आतित्थ्यता रहेको थियो ।

    दोश्रो दिन घोषणा सभा मिठकु केसीको अध्यक्षता, लाखन परियारको सञ्चालन र प्रकाश शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

    नवनिर्वाचित समितिको घोषणा शिव केसीले गर्नुभएको थियो । जसमाः अध्यक्ष– मिठु केसी, उपाध्यक्ष– सतेन्द्र दशौदी, सचिव– लाखन परियार, सहसचिव– कालुराम उदाले, कोषाध्यक्ष– दिनानाथ थापा, सदस्यहरुमा क्रमशः धुर्व शाह, प्रकाश शर्मा, राम बहादुर केसी, पुरनचन्द सोनी, धनबहादुर विक, पुरन परियार, मिन बहादुर, राज सोनी, देवी शाह, भीमराज, रवी केसी, राजकमल दत्त, सन्तोष थापा, वैकल्पिक सदस्यमाः शेर बहादुर खत्री, विक्की सुनार, रामु थापा, मोनु पाठक, मोहन भण्डारी र ललित परियार रहनुभएको छ । सम्मेलनले कमल खत्री, प्रताप पाण्डे, भेपेन्द्र गतराज, हर्क बहादुर, अनिल थापा र राजेश सोनीलाई सल्लाहकार चयन गरेको छ ।

    त्यस्तै सम्मेलनको अवसरमा महिला नगर विभाग पनि गठन गरिएको छ । जसमाः संयोजक– देवी शाह, सदस्यहरु क्रमशः वेली शर्मा, चन्दा पुन, लक्ष्मी घर्ती, कोपिला परियार, गायत्री भण्डारी, नन्दी केसी, बसन्ती दसौती, गीता देवी, शान्ती, मायाँ विक, शान्ता परियार, शोभा पाठक, पुष्पा सुनार, सीता, निर्मला थापा, शान्ति देवी, लक्ष्मी सुनार, रम्बी जिसी, मंजु केसी, मंजु देवी, गुड्डी देवी, तिर्सना, मेनुका, पुष्पा, पुतली परियार, सपना, शान्ति उदाले, आशा केसी, कुमारी गुरुङ, सुष्मा पाण्डे, कमला थापा, कमला विक, मधु केसी, सती थापा, केसी देवी र मायाँ देवी रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय चिवालय सदस्य धनवीर पुनमगरले बधाई तथा शुभकामना दिनुभएको थियो । सो अवसरमा मन्तव्य दिंदै पुनले नेपाली युवाहरुलाई  विदेश पलायन गराउने काम मुख्य रुपमा राज्यसत्ताले नै गरेको बताउनु भयो ।

    ‘देशमा एक आङ लाउने र एक छाक खाने व्यवस्थाका लागि राज्यले उचित ध्यान दिएमा कलिलो उमेरमा आफ्नो पसिना पराय देशमा बगाउनु पर्ने थिएन ।’ पुनमगरले भन्नु भयो– ‘परिवर्तनका सम्वाहक शक्तिलाई विदेश पलायन गराएर भ्रष्टाचारमा लिप्त फटाहरुले आफ्नो साशनको आयु लम्बाउने खेलो खेलिरहेका छन् ।’

    त्यस्तै केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं फरीदावाद नगर समितिका अध्यक्ष विष्णु विसी, साँस्कृतिक विभागका पलसिंह परियार, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता विसी, पश्चिमोत्तर महिला विभागकी सकुन्तला थापा लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
    आगराका स्थानीय कलाकारहरु र फरीदावादका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार