सोनीपत नगर समितिको पन्ध्रौं सम्मेलन सम्पन्न

सोनीपत, १ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिको १५ औं नगर सम्मेलन सम्पन्न भएको छ ।

कृष्ण वैजालीको सञ्चालन तथा खिम बहादुर विकको अध्यक्षता एवं बाशुदेव खनालको स्वागत मन्तव्यबाट अगाडि बढेको सो उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य विक्रमसिंह राणा र क्षेत्रीय सदस्य उमानन्द बंजाडेले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

घोषणा सभाः

घोषणा सभाको अध्यक्षता बाशुदेव खनालले र सञ्चालन उमानन्द बन्जाडेले गर्नुभएको थियो कार्यक्रममा सहभागिहरुलाई कलाकार र कृष्ण बैजालीले स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय सदस्य रेशम विकले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो । सम्मेलनले बासुदेव खनालको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक ४ सल्लाहकार गरी २१ सदस्यीय सोनीपत नगर समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– शेरसिंह बराल, सचिव– कृष्ण वैजाली, सहसचिव– कमलेश गौतम, कोषाध्यक्ष– खिम बहादुर विक, सदस्यमा क्रमशः उमानन्द बंजाडे, करण थापा, चेतन गिरी, मदन गौतम, मादव लोहार, गिरीराज वेलवासे, भुपेन्द्र थापा, धन बहादुर राणा, वैकल्पिक सदस्यमाः गोपाल राना, इश्वरा विक, सचिन कार्की र चिरन ठकुरी रहनुभएको छ । त्यस्तै सल्लाहकारमा देवेन्द्र थापा, विक्रम अधिकारी, उजाला बराल र जीत बहादुर बराल रहनुभएको छ ।

महिला विभागः

महिला विभागको घोषणा क्षेत्रीय सदस्य सुनिल थापाले घोषणा गर्नुभएको थियो । ईश्वरा बिकको संयोजकत्व मा १९ सदस्यीय महिला नगर विभागको पनि घोषणा गरिको छ । सदस्यमा क्रमशः शान्ता कार्की, उजाला बराल, चिन्तादेवी बंजाडे, कमलेश गौतम, शान्तदेवी विक, भावना विक, उमा राना, गिता वैजाली, दिना घर्ति, शर्मिला मगर, विष्णु राना, मञ्जु थापा, सावित्रा अधिकारी, कमला विक, मिरा लोहार, विस्नी देवी, उर्मिला विक र लक्ष्मी विक रहनुभएको छ ।

नवनिर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य विक्रम सिंह राणा, रोहतक नगर समितिबाट सुभाष गौतम, भाकपाबाट राजीव वर्मा, सिपिआईएमबाट श्रदानन्द सोलंकी, सिआईटुबाट आनन्द शर्मा लगायतले वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार