प्रयागराजमा तीजी कार्यक्रम सम्पन्न

प्रगागराज, १ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति प्रयागराज अन्तर्गत महिला विभागको आयोजनामा तीजी कार्यक्रम सम्पन्न गरिएको छ ।

महिला विभागकी संयोजक गोमा थापाको अध्यक्षता र राजु अधिकारीको संचालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय समितिका सदस्य तथा मध्य उत्तर भारत क्षेत्रीय समिति अध्यक्ष राम प्रसाद बस्यालको प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै क्षेत्रीय कोषाध्यक्ष तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली, महामंडलेश्वरकी टीना मा लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई महिला विभाग की सविता शर्माले स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय समितिबाट अनिल आले, नगर समितिबाट राम बहादुर थापा, मोहन खनाल, किशन सिंह परियारले तीजको शुभकामना दिनुभएको थियो ।

महिलाहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार