शोषितपीडित दिदीबहिनी प्रवासी दाजुभाइ
यो सालको तिजको स्वागत सबैलाई
सधैँजसो यो साल पनि एकजुट भएर
मनाउँछौ प्रगतिशस्ल गीत गाएर
कति बस्छौ चेली तिमी अन्यायलाइ सहेर
अब त उठनुपर्यो कम्मर कसेर
उत्पादनको साधन बनी कति खेप्छौ हेला
चेतनाको दियो बाल्ने आयो है बेला
पुरुषप्रधान समाजमा नारीको अपमान
सङ्घर्षमा लागौँ नारी पुरुष समान
अधिकार मिल्ने छैन चुलोचौको गरेर
आफ्नो हक ल्याउनुपर्छ बन्धन तोडेर
बोल्नुहुन्न चुप लाग भन्ने गयो जमाना
आधा धर्ती ढाक्नेसँग कसको सामना ?
अब हाम्लाई सम्पत्तिमा समान हक चाहिन्छ
छोरीलाई भेदभाव गर्न कहाँ पाइन्छ ?
गाउँगाउँमा सङ्गठन छ नबनौँ है अबला
पुरुषप्रधान संस्कारमाथि गरौँ हमला