गजल : मसाल बाल्न उठ

धरापमा छ मुलुक मसाल बाल्न उठ
भ्रष्टाचारी शाषकहरुलाई ढाल्न उठ ।

भोकै छन गरीब र किसान भोकै छन्
उनका फाटेका मन मष्तिस टाल्न उठ ।

सिमानामा ढल्छ कहिले अर्को मुलुकमा
राष्ट्रप्रतिको लडाइलाई अङ्गाल्न उठ ।

भट्केका छन् हज्जारौ पुर्खाका पहिचान
मिलेर बिरका ईतिहाँस सम्हाल्न उठ ।

सत्ता फेरियो कुर्ची बदलियो तर पनि
भएन सुख जन आन्दोलन उचाल्न उठ

नवीन बस्याल
प्यूठान, स्वर्गद्वारी नगरपालिका २
हाल जापान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार