दैला मुनि डाली बसि न्याउलि चरि करायो
देश-बिदेश का घटना ले मनै डरायो।
हत्या , हिंसा , अपराध , बलत्कारका खबर
समाचार सुन्दा खेरि छाति चरर ।।
कहाँ होला सुरक्षा हाम्रा छोरी चेलिलाइ
डरैडरले बाँच्नु पर्ने हामी बरिलै।
एकातिर समाजमा पित्रृसत्ता हावि छ
पुरूषको नारि माथि अझै दावि छ ।।
अबला र बेसाहारा महिलालाई हेपेर
कुविचार राख्दछन् एक्लो देखेर।
अझै पनि रूढिबादि संस्कार लाई पालेर
मलमूत्र खुवाउछन् बोक्सि भनेर ।।
छोरी हो सृष्टि जगत भ्रुण हत्या गर्दैछन्
संसार देख्न नपाउदै पेटमै मर्दैछन्
छैन भर वरपर आफ्नै आफन्त को
मौका हेर्छन् नरपिचास ले आमा नभाको ।।
फक्रिन नपाउदै कोपिलामै चुंडेर
मानवरूपि दानव सँग लड्दै बढेर
बल्लतल्ल गरेर छोरिहरू बढाइ
दुख -सुख गरेर अब्बल पढाइ।।
संघर्ष र बलिदान ले स्वाभिमानि जगत
अनाहक मा बग्यो चेलि तिम्रो रगत ।
मानवता हराएको भारत शहर कलकत्ता
अस्पताल को भित्रै डाक्टर भईन बिपत्ता ।।
अमेरिकि पि आर वालासँग पुगेकि नर्स ममता
सास नि छैन लास नि छैन कठै बिचरा ।
बाबा आमा बेहोस छन् छोरी को बियोगमा
दुधे बच्चा टुहुरि भइन् पापिको खेलमा।।
हरेक नारिहरू अब सतर्क भईदेउ
सहेर नबसिदेउ धावा बोलिदेउ ।
परिचित भउ यो युगका बिरङ्गना भनेर
हिंसा को बिरोध गर काली बनेर ।।
इज्जत जान्छ भनेर नवनिदेउ अबला
अन्याय र अत्यचार मा बोल हमला।
नारि पुरूष बराबर चराचर जगतमा
रातै हुन्छ भेदछैन सबको रगतमा ।।
बिरोध गर हिंसा को चर्को डाँको छोडेर
नरभक्षि भाग्नेछन् डाँडो काटेर
अन्यायमा परेकालाई मिलोस न्याय निसाब
साहासि नारि हामी गर उद्धघोष।।