नचुँडिने माला बनौ नेपाली

सयौ फूलको नचुँडिने माला बनौ नेपाली
तराई र पहाड अनि मिली हिमाली

समाजमा भेदभावको जालो हामी फाल्नु छ
देशको मुहार फेर्न एउटा दियो बाल्नु छ ।

परिवर्तन गर्ने अब गीत अनि संगीत भर्दै गाउ
सबै खाले अन्यायको बिरोध गर्दै जाउ

शिक्षितलाई अक्षरसँगै देशको माटो चिनाउन
मुक्ति लय हालौ सबलाई अघि हिडाउन

समाजमा दिनहुँ दिन ह्त्या हिंसा बढ्‌दै छ
यस्तो खाले मान्छेहरुमा बानी गढ्दै छ

बलात्कृत निर्मलाले अझै न्याय पाएन
सरकारले केही गर्छ भन्ने विस्वाश रहेन

सरकार जती फेरिए नि हाम्रो दुःख गएन
देशको बिकाश होला भन्ने आशै रहेन

ठुला ठालु भनौदाको सधै मनमा हर्ष छ
गरीबको आँखाभरी आँशु बर्षा छ

गणतंत्र आयो भन्छन खै कस्लाई आयो खै
महिला पुरुष लडी अब हक खोसौ है

एउटा तिजको गितले हुन्न हज्जारौ गीत गाउ
ठुलो एउटा आन्दोलनको आँधी बेहेरी ल्याउ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार