मूल प्रवाहद्वारा दूतावासको ध्यानाकर्षण

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरुलाई पर्दै गइरहेका विविध समस्याहरु बारे नेपाली राज दूतावासलाई ध्यानाकर्षण गराएको छ । समाजका कार्यवाहक अध्यक्ष ठाकुर खनालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राजदूत डा. निलाम्बर आचार्यलाई भेटगरि भारत प्रवासमा नेपालीहरुले खेप्दै आइरहेका समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधि मण्डलले सो अवसरमा नेपाली दूतावसमा ८ सुत्रीय माग सहित एक ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्रमा १९५० को सन्धिद्वारा प्रदत्त अधिकारहरु हाल भारत सरकारले बनाएका कतिपय नियम कानुनहरुले उपरोक्त अधिकारहरुलाई सिमित हुन लगिरहेको छ । सरकारी तथा सरकारी संस्थानहरुमा नेपालीहरुलाई नोकरीको अवसर समाप्त गरिएको छ । गैर–सरकारी संस्थानहरुमा पनि विभिन्न बहानामा नेपालीहरुलाई नोकरीबाट बञ्चित गर्ने काम भइरहेका छन् । त्यसको लागि पहिचान पत्रको समस्या टडकारो रुपमा देखापरेको उल्लेख गरिएको छ ।
त्यस्तै सो ज्ञापन पत्रमा आधार कार्डको अभावमा भारत प्रवासमा नेपालीहरुलाई दिन प्रति दिन प्रर्दै गएको समस्या, प्राइवेट सेक्टरबाट अवकास प्राप्त पेंशनरहरुले भोग्दै आइरहेको समस्या, भारतस्थित नेपालीहरुको पनि तेश्रो मुलुकमा जस्तै डाटा तथ्यांक राख्नु पर्ने, नेपाली विद्यार्थीहरुले भोग्नु परेका समस्याहरु, प्रवासमा रहेका नेपालीहरुको मतदाता सुचिकृत गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग उठाइएको छ ।

ज्ञापन पत्रको पूर्ण पाठ Gyapan Patra 28 Feb 2020 (1) PDF

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार