भिवाडीमा नगर महिला विभागको आयोजनामा प्रगतिशील तिजि कार्यक्रम सम्पन्न

भिवाडी, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी महिला नगर बिभागको आयोजनामा प्रगतिशील तिजी पर्व भब्य र शानदार रुपमा सम्पन्न गरेको छ ।
महिला बिभागकी संयोजक सबिता खत्रीको अध्यक्षता तथा नगर सचीव कृष्टी राईको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई निकीता शर्मा र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
केन्द्रीय अध्यक्ष ठाकुर खनालले कार्यक्रमको विधिवत रुपमा मैनबत्ती बालेर कर्तल ध्वनिका बिच सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । आफ्नो उद्घाटन तथा शुभकामना मन्तव्य राख्नु हुँदै अध्यक्ष खनालले तिजि पर्व नारी स्वतन्त्रताको प्रतीक भएको बताउनु भएको थियो । नारीहरुले आफ्नो हकहित र अधिकार प्राप्तिको लागि अझ धेरै संघर्ष गर्नुपर्ने बताउनु भयो ।
देशको खराब ब्यबस्थाको कारणले नेपाली युवा शक्तीहरु बिदेशमा सस्तो मुल्यमा आफ्नो श्रम बेच्न बाध्य हुनुपरेको बताउनु भयो । भारत प्रवासमा भए पनि हामी सबै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलबन्द हुनुपर्ने भन्दै उहाँले संगठनको माध्यमबाट सबैले आफ्नो चेतना जगाउने विश्वास राख्नु भएको थियो । अध्यक्ष खनालले मूल प्रवाहदेखी अलग भएर जानुभएकाकर्याकर्ताहरुलाई फर्कनका लागि आह्वान पनि गर्नुभएको थियोे ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रय परिषद सदस्य काजीराम श्रेष्ठ, सोही समिति क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे, क्षेत्रीय सदस्य राम बहादुर थापा, नगर अध्यक्ष नारायण शर्मा, नगर कोषाध्यक्ष किशोर राई, नगर सदस्य डि.बि राना, विद्यार्थी बिभागकि केन्द्रीय सदस्य र क्षेत्रीय अध्यक्ष सृष्टि राई, नगर खेल बिभागका डम्बर के.सी., एरिया समितिका अध्यक्ष धु्रब थापा, नेपाल-भारत धौलागिरी आपतकालीन सन्चयकोष समितिका सदस्य मीन बहादुर गैरे, प्रवासी नेपाली संघ धारुहेडा भिवाडीका नगर समितिका सदस्य लिलाधर न्युरे लगायतले आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सहभागि महिला दिदी बहिनी एवं कलाकारहरुले भव्य गीत, संगीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार