भिवाडी, १५ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा दशौ नगर सम्मेलन र प्रगतिशील तिजि कार्यक्रमको संयुक्त रुपमा समिक्षा भेला कार्यक्रम राखिएको थियो ।
नगर उपसचिव अर्जुन नेपालीको सञ्चालनमा भएको सो भेला कार्यक्रमको अध्यक्षता नगर समितिको अध्यक्ष नारायण शर्माले गर्नुभएको थियो । उपस्थित जनमासलाई नगर सदस्य डि. बि. रानाले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथि क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे रहनुभएको सो भेलामा अन्य अतिथिहरुमा केन्द्रीय परिषदका सदस्य काजीराम श्रेष्ठ, रक्तिम साँस्कृतिक परिवारका रामबहादुर थापा, खेल बिभागबाट डम्बर के.सी., नगर कोषाध्यक्ष किशोर राई, बिद्यार्थी बिभाग क्षेत्रीय अध्यक्ष सृष्टि राई, बिद्यार्थी बिभाग नगर समितिबाट रानी थापा र महिला बिभागबाट निकिता शर्मा रहनु भएको थोयो ।
उपस्थित सम्पुर्ण जनमासहरुबाट दशौं नगर सम्मेलन र तीजि कार्यक्रमको समिक्षा गर्नुभएको थियो । समग्रमा नगर समितिको दुबै कार्यक्रममा केही कमिकजोरीका बाबजुद अत्यन्तै शानदार रूपमा सम्पन्न भएको समिक्षा गरिएको थियो । उक्त भेलामा रक्तिम कलाकारहरुलाई पुरस्कार सहित सम्मान पनि गरिएको थियो । कलाकारहरुलाई रक्तिम बिभागका रामबहादुर थापा र नगर अध्यक्ष नारायण शर्माले सयुक्त रुपमा पुरस्कार प्रदान गर्नु भएको थियो ।
अध्यक्ष नारायण शर्माले सयुक्त रुपमा प्रमुख अतिथी रामप्रसाद घिमिरेले उक्त भेलामा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु मूल प्रवाहको झण्डा मुनि गोलबन्द हुन आह्वान गर्नुभएको थियो । संगठित भएर बसेमा मात्रै हामीले अगाडि आउने चुनौतीसँग लड्न सहज हुने बताउनु भएको थियो । थुप्रै चुनौतीका बाबजुद मूल प्रवाह संगठन निरन्तर अगाडि बढ्ने र झिना मसिना समस्याले संगठनलाई अगाडि बढ्न नरोक्ने र निरन्तर अगाडि बढ्ने बताउनु भएको थियो ।