नयाँ दिल्ली, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले दिप प्रज्वलित गरि तालिको गडगडाट बीच उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले वैदेशिक रोजगार व्यवस्थापनको नाममा सरकारले युवा शक्तिलाई विदेश पलायन गराउनु नै देशको ठूलो नोक्सान भएको बतानु भयो । ‘युवा शक्ति जति विदेश पलायन गराएर राज्यले सबैभन्दा ठूलो राजनीति गरिरहेको छ ।’ खनालले भन्नु भयो– ‘उत्पादनको सबैभन्दा भरपर्दो शक्ति युवाहरुलाई विदेश पलायन गराए पछि आफ्नो सत्ताको आयु लम्बाउन सकिने भएर नै खेल भइरहेको छ ।’
‘राज्यले चाहेमा यो प्रविधिको युगमा छिन भरमै प्रवासी नेपालीहरुको मताधिकार व्यवस्थापन हुन सक्छ तर, त्यो उनीहरुको उदेश्यभन्दा टाढाको विषय हो ।’ अध्यक्ष खनालको भनाई थियो– ‘दश वर्षसम्म जनयुद्धको नाममा नेपाली युवाहरुलाई द्धन्द्धमा जबरजस्ति होम्याउने शक्ति माओवादीले पनि सत्तामा पुगेपछि जनसरोकारका विषयमा गम्भिर बनेन । उसको पनि उदेश्य केवल सत्ताको आयु कसरी लामो बनाउन सकिन्छ भन्ने मै केन्द्रित रह्यो ।’
देशमा २०६२–०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संविधान र धर्मनिरपेक्षता अत्यन्तै खतरामा परेको अध्यक्ष खनालको भनाई थियो । ‘प्रतिगामी तत्वहरु सलवलाई रहेको परिवेशमा २०६२–०६३ को आन्दोलनमा सहभागि शक्तिहरुले नै उनीहरुलाई फाइदा पुग्ने काम गरिरहेका छन् ।’ वहाँले भन्नु भयो– ‘आन्दोलनको सम्वाहक एक शक्ति एमालेले गरिरहेको गतिविधिलाई हेर्दा उसले २०६२–०६३को आन्दोलनबाट प्राप्त उपलब्धिहरु संरक्षण गर्ने भन्दा पनि त्यसलाई समाप्त पार्नेमा नै केन्द्रीत रहेको छ । एमालेको यो गतिविधिले प्रतिगामी शक्तिहरुलाई ठूलो बल पुगिरहेको छ ।’
उद्घाटन शत्रको अध्यक्षता लाल बहादुर कुँवरले र सञ्चालन दिनेश पन्थीले गर्नुभएको थियो । कार्यक्रमका सहभागिरुलाई पहलसिंह परियारले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य विक्रमसिंह राणा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष शालिकराम आचार्य, केन्द्रीय सल्लाहकार तिलक पाण्डे, महिलामा विभागबाट लक्ष्मी खडायतले आतित्थ्यता एवं सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनले दिनेश पन्थीको अध्यक्षतामा १९ पूर्ण ६ वैकल्पिक र ६ सल्लाहकार गरि ३१ सदस्यीय नगर समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष– युवक घर्ति, सचिव– विष्णु खनाल, सहसचिव– विनोद रायमाझी, कोषाध्यक्ष– शिव केसी, सदस्यहरुमा क्रमशः विन बहादुर कुँवर, पहलसिंह परियार, पदम भुजेल, निरज पुन, लालबहादु कुँवर, रामबहादुर जिएम, सालिकराम पौडेल, लक्ष्मी खडायत, आरवी रायमाझी, करण पुन, सावित्रा कुँवर, वलराम परियार, राम प्रसाद पाण्डे, खेम बहादुर नेपाली, वैकल्पिक सदस्यमाः हेम भण्डारी, विष्णी रायमाझी, बालकुष्ण पुन, दिनानाथ कुँवर, मायाँ कुँवर र श्याम खड्का रहनुभएको छ । त्यस्तै चन्द्र बस्याल, सरिता केसी, दिपक भुसाल, कृष्ण जिसी, मनकला भुसाल र मन बहादुर पुनलाई सल्लाहकार चयन गरिएको छ ।
दिनेश पन्थी, विष्णु खनाल, शिव केसी, विनबहादुर कुँवर र पहलसिंह परियार रहेको पाँच सदस्यीय सचिवालय पनि चयन गरिएको छ ।
महिला विभाग :
मायाँ कुँवरको संयोजकत्वमा ५३ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः मञ्जु रायमाझी, मनकला भुसाल, सिता केसी, रोमा खनाल, शान्ता परियार, विस्नी रायमाझी, मिना खनाल, शान्ता कुँवर, पार्वता पौडेल, हिमा भण्डारी, जानका भट्टराई, सरस्वती खनाल, कमला शर्मा, कमला कुँवर, शुशिला वेलवासे, कमला पाण्डे, लक्ष्मी मिमिरे, भगवती पाण्डे, सावित्रा कुँवर, सरिता पुन, मञ्जु घिमिरे, सरस्वती शर्मा, कमला खड्का, विमला शर्मा, तुल्सी भुसाल, लक्ष्मी खडायत, कौसिला परियार, सुशिला बस्याल, मन्जु विष्ट, गिता आचार्य, पुष्पा क्षेत्री, सर्मिला अधिकारी, कमला भुसाल, ममता क्षेत्री, कमला भाट, कल्पना परियार, हिमकला भुसाल, रमा नेपाली, बसन्ता थापा, सबु खनाल, पवित्रा पाण्डे, सारदा खड्का, साधना घिमिरे, मिना पाण्डे, मनकला केसी, सिर्जना आचार्य, शान्ता भाट, सरिता पाण्डे, देवी पाण्डे, कमल नेपाली, देवकला केसी र विष्णु घिमिरे रहनुभएको छ ।
साँस्कृतिक विभाग :
निरु पुनको संयोजकत्वमा १३ सदस्यीय साँस्कृतिक विभाग गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः इशा खत्री, विपसा परियार, विद्या परियार, रिता क्षेत्री, निरुता भुसाल, कल्पना भट्टराई, हेमा भण्डारी, कविता परियार, अर्चना खनाल, मनिसा बस्याल, शुशिला वेलवासे र बन्सीका रायमाझी रहनुभएको छ ।
घोषणा सभा विन बहादुर कुँवरको अध्यक्षता एवं शिव केसीको सञ्चालनबाट अगाडि बढेको थियो । सो घोषणा सभामा सहभागिहरुलाई कलाकारहरु र मुक्ति भुसालले स्वागत गर्नुभएको थियो ।
घोषणा सभामा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, विक्रम सिंह विक्रमसिंह राणा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष शालिकराम आचार्य, केन्द्रीय वैकल्पिक सदस्य बाबुराम विष्ट, केन्द्रीय सल्लाहकार तिलक पाण्डे, केन्द्रीय प्रतिनिधि रामबहादुर विक, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय सदस्य मिना बुढाथोकी, अभानेविसंघ केन्द्रीय सचिव सरिता विसी, केन्द्रीय मुद्धा विभागकी नन्दा शर्मा, क्षेत्रीय समितिबाट उमानन्द बन्जाडे, रेशम विक, विष्णु विसी, गोपाल भट्टराई, रामु धमाला, समता विभागबाट गोवर्धन विक, कृष्ण कुँवर, दिल बहादुर भट्टराई, महिला क्षेत्रीय विभागबाट सुमित्रा थापा, जनजाति विभागकी सुनिल थापा, सोनीपत नगर समितिबाट बासुदेव खनाल, रोहतक नगर समितिबाट सुभास गौतम, भिवानी नगर समितिबा मनिराम अधिकारी, नोएडा नगर समितिबाट जंग बहादुर खाती लगायतको आतित्थ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रमको विचविचमा एवं अन्त्यमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।