
रायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ नगर समिति अन्तर्गत तारा एरिया समितिको भेला सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र क्षेत्रीय समितिका सन्तु थापाको विशेष उपस्थिपितमा सम्पन्न उक्त भेलाले हरि गौतमको अध्यक्षतामा १३ पूर्ण, ३ वैकल्पिक र ३ सल्लाहकार गरि १९ सदस्यीय तारा एरिया समिति पुनर्गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– करण महर, सचिव– रवि थापा, सहसचिव– सोमराज वाचे, कोषाध्यक्ष– राजाराम ठडराई, सदस्यमाः प्रेम बहादुर बस्याल, लिल बहादुर महर, तिलक गौतम, निखिल ठडराई, जित महर, केशव थापा, श्रीमयाँ थापा, सुकमायाँ गौतम, सरिता गौतम, वैकल्पिक सदस्यमाः मान बहादुर आले, मिना आले र मेघ बाचे रहनुभएको छ । त्यस्तै श्रीजना महर, रमेश महर र कैलाश महरलाई भेलाले सल्लाहकार चयन गरेको छ ।
नयाँ समितिलाई गोविन्द बहादुर थापा र सन्तु थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।















