भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले मृतक कुल बहादुर गुरुङको अत्यस्टी गरेको छ ।
भिवाडी स्थित खोरीमा लामो समयदेखि नोकरी पेशा गर्दै आउनु भएका स्थायी घर चितवन जिल्ला द्वारेचोक २ चौपुङ नेपाल निवासी ८६ वर्षीय कुल बहादुर गुरुङ बिगत समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको सक्रिय सदस्य पनि हुनुहुन्थ्यो । उहाँको निधनको खबर पाए लगत्तै नगर सदस्यहरु काजी राम श्रेष्ठ, किशोर राई र डि. बि. रानाको सक्रिय पहलमा मृतकको दाहासंस्कार गरिएको हो ।
मृतकको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी र अन्य संगठन एवं समासेवी व्यक्तिहरुकोसयुक्त पहलमा दाहासंस्कार खर्च गरिएको थियो। उक्त समयमा श्रद्धाञ्जली सभा पनि राखिएको थियो ।
जसको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वाट किशोर राईले गर्नु भएको थियो भने सन्चालन काजीराम श्रेष्ठले गर्नुभएको थियो । एक मिनेटको मौनधारणा पछि मूल प्रवाहवाट डि.बि. राना, अन्य संघ संस्थाका बाबुराम बस्नेत, लिलाधर न्युरे र भेगराज बिष्टले मृतकको ब्यक्तित्व र उहाँले समाजप्रती दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो । प्रवासमा कुनै नकुनै संगठनमा आवद्ध रहेर संगठित हुनपर्ने विचार राख्नु भएको थियो ।
स्मरण रहोस, बिगतका दिनहरुमा पनि गुरुङ दम्पतीलाई अप्ठ्यारो पर्दा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले पटक पटक नगद सहयोग गर्दै आइरहेको थियो।