देश राष्ट्रिय जनमोर्चामय बन्दै

देशव्यपी रुपमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान

बागलुङ
फागुन ८ गते टोली नं. ५ ले गल्कोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । प्रमुख अतिथि राजमो बागलुङका अध्यक्ष अमर थापाले वडा समितिका अध्यक्षलाई नवीकरण सदस्यता प्रदान गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा राजमो बागलुङका सल्लाहकार बेदिलाल सापकोटा, जिल्ला सदस्य तथा गल्कोट नगरपालिका–१ का वडा अध्यक्ष नेत्र बुढाथोकी, राजमो बागलुङका सल्लाहकार तथा नगर अध्यक्ष टङ्क केसी, अखिल नेपाल शिक्षक सङ्घका पूर्ण चोखाललगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा समिति अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षता, सचिव पूर्णबहादुर खत्रीको सञ्चालन र कोषाध्यक्ष क्या. लिलबहादुर खत्रीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ३ दमेकमा टोल भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिलबहादुर दर्जी, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दानबहादुर थापा, राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष डिलबहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होमबहादुर पुनलगायतले मन्तव्य राख्नुभएको थियो ।

भेलाले ओमबहादुर पुनको अध्यक्षतामा सात सदस्यीय नौला टोल समिति गठन गरेको छ, जसको उपाध्यक्षमा देबिलाल गौतम, सचिवमा चिरञ्जीवी गौतम, कोषाध्यक्षमा खडक पुन र सदस्यमा तुलबहादुर पुन, छबिलाल पुन र गम्मरबहादुर पुनका साथै सल्लाहकारमा थम्मनबहादुर श्रीस रहनुभएको छ । टोलीले घरदैलो तथा व्यापक सदस्यता वितरण गरिरहेको छ ।

टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १ दगामा प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा राजमो बागलुङका सदस्य तथा बडिगाड १ का वडा अध्यक्ष बोमबहादुर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राजमो बडिगाडका सदस्य नरेन्द्र घर्ती, सोमान्त सलामी, राजमो बडिगाड १ का अध्यक्ष टीकाबहादुर भुजेल, सदस्य जीतबहादुर दर्लामी, दिलबहादुर दर्लामीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पतिराम पच्याको अध्यक्षता, टीकाबहादुर पच्याको सञ्चालनमा सम्पन्न भएको थियो ।

भेलाले जीतबहादुर दर्लामीको अध्यक्षतामा छ सल्लाहकारसहित १७ सदस्यीय दगा टोल समिति चयन गरेको छ, जसको उपाध्यक्षमा किसन विक, सचिवमा टीकाबहादुर पच्या, सहसचिवमा पशुपति वन, कोषाध्यक्षमा दुर्गा थापा, सदस्यमा वीरबहादुर पच्या, बीना वन, इन्द्रा सिंजाली थापा, बन्दना सलामी, निलम थापा, मनरूपा पुन, सुशीला पच्या, चित्रा पच्या, धनमाया पच्या, नवीन बोहरा, तिला पुन, रुनमाया सलामी र सल्लाहकारमा भीमसेन वन, सोमात सलामी, पतिराम पच्या, नरिकला वन, दिलबहादुर दर्लामी र सन्तलाल वन रहनुभएको छ ।

टोली नं. ८ ले ढोरपाटन नगरपालिकाको बोबाङमा प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन ७ का वडा अध्यक्ष दिपक थापा, जिल्ला सदस्य धनबहादुर अदैलगायतले मन्तव्य राख्नुभएको थियो ।

फागुन ९ गते विशेष सङ्गठनात्मक अभियानको कार्यक्रम धुल्लुबास्कोट, दमेक र बुर्तिबाङमा सम्पन्न भएको छ । जसअन्तर्गत टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबास्कोटको छाप उर्लेनी र ओखरेनीमा छुट्टाछुट्टै प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका उपाध्यक्ष धर्मबहादुर कुँवर हुनुहुन्थ्यो भने राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सचिव कृष्ण आचार्य, राजमो बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष सकसबहादुर क्षेत्रीको अध्यक्षता, पहलसिं थापाको सञ्चालन र बरेङ गाउँपालिका वडा नं. १ का अध्यक्ष नरसिं थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

उर्लेनीमा सम्पन्न भेलाले जीतबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय उर्लेनी छाप टोल समिति चयन गरेको छ, जसको उपाध्यक्षमा सीता थापा, सचिवमा नरबहादुर थापा, सहसचिवमा कुलबहादुर थापा, कोषाध्यक्षमा जैसरा थापा, सदस्यमा इमानसिं थापा, पूर्णबहादुर थापा, तारा थापा, कृष्ण थापा, मनबहादुर क्षेत्री, देवी विक, पूर्णबहादुर थापा र पूर्णबहादुर थापा रहनु भएको छ ।

ओखरेनीमा सम्पन्न भेलाले यमबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय ओखरेनी, गडेल, चित्रेथर टोल समिति चयन गरेको छ, जसको उपाध्यक्षमा थमी थापा, सचिवमा प्रेमबहादुर थापा, सहसचिवमा मनबहादुर थापा, कोषाध्यक्षमा मनरूपी थापा, सदस्यमा तारा थापा, हर्कबहादुर थापा, मनबहादुर थापा, ससिला थापा, जङ्गबहादुर थापा, तेजबहादुर सार्की, प्रेमबहादुर गुरुङ, मनबहादुर थापा, ताराबहादुर थापा चुदिला, विष्णु गुरुङ र मनरूपा थापा रहनुभएको छ ।

टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ३ दमेकको कालापातलमा घरदैलो गर्दै पर्चा तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुन, राजमो बागलुङका कोषाध्यक्ष दिलबहादुर दर्जी, राजमो जैमिनीका अध्यक्ष डिलबहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लालबहादुर पुन, राजमो जैमिनीका सदस्य होमबहादुर पुनलगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. १, २ र ३ को बुर्तिबाङमा प्रशिक्षण तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, राजमो बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, जातीय समता समाजका जिल्ला अध्यक्ष नरबहादुर सुनारलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम ढोरपाटन नगर समिति उपाध्यक्ष तमबहादुर घर्तीको अध्यक्षता, नगर सदस्य वीरबहादुर विकको सञ्चालन र अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य युवराज महतको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

फागुन १० गते अभियानको कार्यक्रम तङ्ग्राम, धुल्लुबास्कोट, दमेक, अमलाचौर, दुदिलाभाटी, दगा र बुर्तिबाङमा सम्पन्न गरेको छ, जसअन्तर्गत टोली नं. ४ ले काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्रामको धारामा प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा हुनुहुन्थ्यो । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, राजमो काठेखोला गाउँ समितिका सचिव तथा काठेखोला गाउँकार्यपालिका सदस्य टीकासङ्गम विक, राजमो काठेखोला गाउँ समितिका सदस्य सीता किसान, अखिल नेपाल महिला सङ्घ बागलुङका सदस्य बिस्नुकली थापा, राजमो काठेखोला ४ तङ्ग्रामका सदस्य मनरूपी थापालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा समितिका उपाध्यक्ष थिरबहादुर रानाको अध्यक्षता, सचिव शसबहादुर विकको सञ्चालन र सदस्य हर्कराम थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

भेलाले थिरबहादुर रानाको अध्यक्षतामा १५ सदस्यीय तङ्ग्राम ५ नं. टोल समिति चयन गरेको छ, जसको उपाध्यक्षमा मनरूपी थापा, सचिवमा दुर्गाबहादुर थापा, सहसचिवमा हरिबहादुर थापा, कोषाध्यक्षमा मीना पुन, सदस्यमा हर्कराम थापा, पूर्णबहादुर थापा, सन्तबहादुर थापा, मनबहादुर थापा, नेत्रकिसान, नेत्र थापा, जहरसिं विक, लोपबहादुर किसान, चुना विक, मनकुमारी विक र ण्सल्लाहकारमा सीता किसान, शसबहादुर विक र विष्णुकली थापा रहनुभएको छ ।

टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबास्कोटको लिउवामा प्रशिक्षण भेला तथा सदस्यता वितरण सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मा, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सचिव कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापा, सदस्य शेरबहादुर पुनलगायतले मन्तव्य राख्नुभएको थियो ।

टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ३ दमेकको बिराउनीमा घरदैलो गर्दै पर्चा तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुन, राजमो बागलुङका कोषाध्यक्ष दिलबहादुर दर्जी, राजमो जैमिनीका अध्यक्ष डिलबहादुर श्रीस, राजमो बागलुङका सदस्य ठाकुर शर्मा, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, जनजाति सम्मेलन बागलुङका अध्यक्ष लालबहादुर पुन, राजमो जैमिनीका सदस्य होमबहादुर पुनलगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

टोली नं. ३ ले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर जगन्नाथचौरमा वडा प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका सदस्य तथा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी, विशिष्ट अतिथि राजमो बागलुङका सदस्य लोकनाथ शर्मा, जातीय समता समाज बागलुङका सदस्य गोविन्दलाल विक, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका सदस्य श्यामकुमारी बोहरा कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा समितिका अध्यक्ष घनश्याम सुनारको अध्यक्षता, विपिन शर्माको सञ्चालन र अखिल नेपाल महिला सङ्घ नगर सदस्य तथा बागलुङ नगर कार्यपालिका सदस्य बबिता रामदामले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको टोड्के र भैँसेटोलमा घरदैलो गर्दै पर्चा तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य नेत्र बुढाथोकी, राजमो गलकोटका सचिव लालबहादुर राना, वडा समितिका अध्यक्ष तिलबहादुर गुरुङ, सचिव पूर्णबहादुर खत्रीलगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १ दगा हम्मेल, रायमा प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा राजमो बागलुङका सदस्य तथा बडिगाड वडा नं. १ का वडा अध्यक्ष बोमबहादुर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल (छैठौं) जिल्ला कोषाध्यक्ष हिराबहादुर दर्लामी, अखिल (छैठौं) जिल्ला सदस्य कर्णबहादुर नेपाली, राजमो वडा सदस्य बिमला भुजेल, अखिल नेपाल महिला सङ्घकी वडासचिव बिमला दर्लामी, जातीय समता समाजका यमबहादुर नेपाली, वडा नं. २ का पूर्व अध्यक्ष अमर गिरीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम रमा गिरीको अध्यक्षता, अखिल नेपाल युवक सङ्घ बागलुङका कोषाध्यक्ष अनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले यमबहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा हम्मेल टोल समिति चयन गरेको छ ।

टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ बजारको हस्पिटल टोलमा घरदैलोसहित पर्चा तथा सदस्यता वितरण गरेको छ । अभियानमा राजमो बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य दिपक थापा, धनबहादुर अदै, नगर सदस्य झकप्रसाद श्रेष्ठलगायत हुनुहुन्थ्यो अभियानकै क्रममा बुर्तिबाङ बजारमा अखिल (छैठौं) नगर प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, रक्तिम सांस्कृतिक अभियानका गण्डकी प्रदेश सचिव बिमल पाण्डेलगायतले प्रशिक्षण दिनुभएको थियोे ।

अर्घाखाँची
सङ्गठनात्मक अभियानको क्रममा अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको विस्तारित बैठक सम्पन्न भएको थियो । भेलालाई अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, राजमो केन्द्रीय सदस्य मनोज भट्ट, राजमो नेता शेरबहादुर बिसी, सागर केसी, झबिलाल थापा, यमलाल पोख्रेल, पशुपति ढकाल, अखिल नेपाल महिला सङ्घकी कल्पना पोख्रेल, जातीय समता समाजका राजेन्द्र नेपाली, पुरन नेपाली लगायतले शुभकामना मव्तब्य राख्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतव्य र सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न विस्तारित बैठकले साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियानका लागि शेरबहादुर बिसीको संयोजकत्वमा जिस्ल्लास्तरीय परिचालन समिति गठन गरेको छ, जसमा झबिलाल थापा, सागर केसी, थम्मन केसी, यमलाल पोख्रेल, गोविन्द बिसी र पशुपति ढकाल सदस्य रहनुभएको छ । त्यसैगरी पालिका स्तरीय समिति पनि गठन गरिएका छन् । जसअनुसार, भूमिकास्थान नगरपालिकामा संयोजक थम्मन केसी, सहसंयोजक टेकबहादुर थापा रहेको ११ सदस्यीय समिति, सन्धिखर्क नगरपालिकामा संयोजक गोविन्द बिसी, सहसंयोजक भिमलाल आचार्य रहेको १३ सदस्यीय, मालारानी गाउँपालिकामा संयोजक कमलप्रसाद भुसाल, सहसंयोजक नरेन्द्रबहादुर थापा रहेको ११ सदस्यीय, शीतगङ्गा नगरपालिकामा संयोजक यमलाल पोख्रल, सहसंयोजक जोगबहादुर सारू रहेको सात सदस्यीय, छत्रदेव गाउँपालिकामा संयोजक पशुपति ढकाल, सहसंयोजक गङ्गाराम खनाल रहेको सात सदस्यीय र पाणिनी गाउँपालिकामा संयोजक कल्पना पोख्रेल, सहसंयोजक देवी भुसाल रहेको सात सदस्यीय परिचालन समिति गठन गरिएका छन् ।

त्यसैगरी, भूमिकास्थान नगरपालिकाका १० वटा वडामा वडास्तरिय समिति गठन गरिएका छन् । जसअनुसार, १ र २ नं. वडा ढाकावाङ संयोजकमा झविलाल थापा, सहसंयोजक अध्यक्ष थम्मन केसी, ३ र ४ नं. वडा धारापानीमा सागर केसी, सहसंयोजक खडकबहादुर थापा, ५ र ६ नं. वडा खिल्जी–असुरकोटमा संयोजक शेरबहादुर बिसी, सहसंयोजक गोपाल पौडेल, ७ र ८ नं. वडा नुवाकोटमा संयोजक सकुन्तला राना, सहसंयोजक टेकबहादुर थापा र ९ र १० नं. वडा ढिकुरा–धनचौरमा संयोजक बाबुराम सुनार, सहसंयोजक कविराम खनाल रहेको परिचालन समिति गठन गरिएको छ ।

विस्तारित बैठकको निर्णयानुसार फागुन १ गते अभियानको भव्य उद्घाटन गरिएको थियो । अर्घाखाँचीका छवटै पालिकाका पुराना वामपन्थी नेताहरूलाई दोसल्ला ओडाएर अभियानको उद्घाटन गरिएको हो । सो अवसरमा राजमो नेता शेरबहादुर बिसी र सागर केसी, केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम पन्थी, कोषाध्यक्ष यमलाल पोख्रेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो नेताहरू गोविन्द बिसी, कमलप्रसाद भुसाल, कमलप्रसाद घिमिरे, गङ्गाराम खनाल, कविराम खनाल, खड्कबहादुर थापा, टेकबहादुर थापा, जीवनारायण खनाल, महिला सङ्घकी केन्द्रीय सदस्य कल्पना पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय सचिव गोपालप्रसाद भट्टराई, अखिल नेपाल टे«ड युनियम महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष सिद्धि भट्टराई, जातीय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली, अखिल नेपाल किसान महासङघका जिल्ला सचिव भिमलाल आचार्य, पोमनारायण पौडेल, रुद्र पराजुली, प्रगतिशिल पत्रकार सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीलगायतको सहभागिता रहेको थियो ।

राजमो नगर अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता, कविराम खनालको स्वागत मन्तव्य र बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्येष्ठ वाम सदस्यहरू भूमिकास्थान–१ का मनबहादुर विक, जुद्धबहादुर बैजाली, भूमिकास्थान–२ का रोमाखर बन्जाडे, हिमलाल बन्जाडे, भूमिकास्थान–३ का सालबहादुर थापा, भूमिकास्थान–४ का देवका सुनार, भूमिकास्थान ५ का जालपादेवी नेपाली, मित्रलाल बेल्बासे, डुकबहादुर विक, भूमिकास्थान–६ का शुभकुमारी बस्नेत, भूमिकास्थान–७ का गोविन्दबहादुर थापा, लोकबहादुर थापा, भूमिकास्थान–८ का बेदुराम गैरे, भूमिकास्थान–९ का चोपलाल घिमिरेलाई सदस्यता, फूलमाला र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उद्घाटन टोलीले भूमिकास्थान–१० मा धनिराम गैरे, डाँसबहादुर विक, बुद्धिराम गैरे, हुमकला गैरे, सुमित्रा गैरे, रामलाल भुसाल, वीरबहादुर खत्री र रिखिराम गैरेलाई पनि सदस्यता, फूलमाला र दोसल्लाले सम्मान गरिएको थियो ।

अभियानको दोस्रो दिन राजमोको अर्को टोलीले मालारानी गाउँपालिकाको हंसपुरमा अभियान सम्पन्न गरेको छ । वीरबहादुर कुँवरको अध्यक्षता, नरेन्द्र नगरकोटीको स्वागत मन्तव्य र योगेन्द्र थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा टोलीका संयोजक कमलप्रसाद भुसालले वाम नेता जङ्गबहादुर थापाकी श्रीमती कृष्णकला थापालाई सदस्यता र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । राजमो हंसपुरका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा टोली संयोजक भुसाल र सहसंयोजक नरेन्द्रबहादुर थापाले ८७ वर्षीय ज्येष्ठ वामपन्थी व्यक्तित्व पूर्णबहादुर नगरकोटीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अभियानअन्तर्गत फागुन २ गते खिल्जी र असुरकोटमा कार्यक्रम सम्पन्न भएका छन् । खिल्जी र असुरकोटमा भएका छुट्टाछुट्टै प्रशिक्षण भेलाले खिल्जीमा मित्रलाल पोख्रेल संयोजक र कृष्ण बेल्बासे सहसंयोजक रहेको ११ सदस्यीय परिचालन समिति बनाएको छ । दुवै ठाउँमा राजमोका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न भेलाले असुरकोटमा हिमलाल बेल्बासेको संयोजकत्वमा १७ सदस्यीय अभियान परिचालन समिति गठन गरेको छ, जसको सहसंयोजकमा मानबहादुर राना चयन हुनुभएको छ । कार्यक्रममा राजमो नेता शेर बहादुर बिसी र गोपाल पौडेलले सहजीकरण गर्नुभएको थियो । मित्रलाल पोख्रलको अध्यक्षता, कृष्णप्रसाद बेल्बासेको स्वागत मन्तव्य र प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भेलामा नेताहरू हिमलाल बेल्बासे ,तुल्सी बेल्बासे, राजु सुनारलगायतको आतिथ्यता रहेको थियो ।

दाङ
राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाले विशेष सङ्गठनात्मक अभियानको २०७६ फाल्गुन १ गते उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । राजमो राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कासीनाथ पोख्रेल, विशिष्ट अतिथि राजमो दाङका उपाध्यक्ष महेश रिजाल र अखिल नेपाल किसान महासङ्घका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अन्य अतिथिमा राजमो जिल्ला सल्लाहकार नरबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलन दाङका उपाध्यक्ष रमेशमान गुरुङ, तराई–मधेश जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल किसान महासङ्घ दाङका उपाध्यक्ष माधवप्रसाद आचार्य, अखिल नेपाल युवक सङ्घ राप्ती गाउँपालिका अध्यक्ष हिमाल एमसी, अखिल नेपाल महिला सङ्घ राप्ती गाउँपालिका सचिव चम्फा भुसाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका पूर्व केन्द्रीय सल्लाहकार कृष्ण गिरी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) दाङका उपाध्यक्ष घनबहादुर रोका, रक्तिम परिवार दाङका कोषाध्यक्ष विक्रम पाण्डे, जातीय समता समाज राप्ती गाउँपालिका सचिव कल्पना सुनार र होटल व्यवसायी समिति भालुवाङका महेश बेल्बासेले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो राप्तीका कोषाध्यक्ष ताराप्रसाद भट्टराईले गर्नुभएको थियो ।

सुर्खेत
सुर्खेतमा राष्ट्रिय जनमोर्चाले आफ्नो विशेष सङ्गठनात्मक अभियान सीमा अतिक्रमण र एमसिसी विरुद्धको कार्यक्रमसमेतलाई समेटेर सम्पन्न गरेको छ ।

अभियानअन्तर्गत क्षेत्र नं. १ को गुर्भाकोट नगरपालिका वडा नं. १२ र १४ मा नगर अध्यक्ष जीतबहादुर घर्तीको नेतृत्वमा नगर सचिव प्रेमबहादुर गुरुङ, टेकबहादुर घर्ती, राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो कर्णाली प्रदेश समितिका कोषाध्यक्ष धनप्रसाद देवकोटा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरालाल नेपालीलगायतको सहभागिता थियो ।

अभियानको क्रममा फागुन २ र फागुन ५ गते लेकवेशी नगरपालिका वडा नं. १ र २ मा नगर कमिटिका सचिव धनप्रसाद पुनको नेतृत्वमा राजमो जिल्ला सदस्य मानबहादुर सटाली (सिमली), हरि परियार, बुद्धिजीवी भक्तबहादुर ज्ञामी, राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो कर्णाली प्रदेश समितिका धनप्रसाद देवकोटा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरालाल नेपाली, अखिल नेपाल किसान महासङ्घ कर्णाली प्रदेशका पे्रम ठाडालगायतको टोली सङ्गठनात्मक अभियानमा सहभागि थियो ।

अभियानको आयोजनामा फागुन ८ गते गुर्भाकोट नगरपालिकाको शिवनगर बजारमा कोणसभा सम्पन्न भएको छ । उक्त सभामा राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो कर्णाली प्रदेश समितिका कोषाध्यक्ष धनप्रसाद देवकाटा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरालाल नेपाली, राजमो नगर सचिव प्रेमबहादुर गुरुङले सम्बोधन गर्नुभएको थियो ।

अभियान टोलीमा सहभागी राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीका अनुसार लेकवेशी नगरपालिकामा फागुन २० गतेसम्म सबै वडाका भेला सम्पन्न गरिने भएको । त्यस्तै फागुन २२ गते गुर्भाकोट, भेरीगङ्गा र लेकवेशी नगरपालिकामा संयुक्त आमसभा लेकफर्साको मेलडाँडा बजारमा गर्ने जानकारी दिइएको छ ।

क्षेत्र नं. २ वीरेन्द्रनगर नगरपालिकामा राजमो जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीको नेतृत्वमा जिल्ला उपाध्यक्ष कृष्णा रावल र जिल्ला कोषाध्यक्ष विष्णु शर्मा, सदस्यहरू थानेश्वर तिवारी र पूर्ण शाहीको सहभागिता रहेको छ । टोलीमा राजमो महासचिव जनकराज शर्मालगायतको सहभागिता रहेको बताइएको छ । उक्त टोलीले वडा नं. १, २, ३, ११ र १२ सङ्गठनात्मक अभियान सम्पन्न गरेको छ ।

सोही क्षेत्र नं. २ को चौकुने गाउँपालिकामा राजमो गाउँ कमिटिका अध्यक्ष दानबहादुर राम्जालीको नेतृत्वमा राजमो जिल्ला सचिव लालबहादुर नेपाली, जिल्ला सदस्यहरू लक्ष्मी सुनार र पदम विकलगायतको टोली परिचालित छ । सो टोलीले वडा नं. ७ र ८ सङ्गठन अभियान सम्पन्न गरेको बताइएको छ ।

त्यस्तै, राजमो दाङ देउखुरीको घरदैलो, जनभेटघाट तथा सदस्यता अभियान निरन्तर चलिरहेको छ । जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा अलग अलग टिम परिचालन भएका छ्न भने दङसगशरण, शान्तिनगर र बबईमा एउटै टिमले अभियान अगाडि बढाएको छ । घोराहीले दुई टिम निर्माण गरी अलग अलग अभियानलाई अगाडि बढाएको छ ।

कैलाली
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको सङ्गठनात्मक अभियानअन्तर्गत कैलाली जिल्लाको पूर्वी क्षेत्रमा धमाधम सङ्गठन निर्माण भइरहेको छ । राजमोको सङ्गठन भएका क्षेत्रमा जनभेटघाट तथा प्रशिक्षण, सदस्यता नवीकरण र समिति पुनर्गठन भइरहेको छ भने सङ्गठन नभएका क्षेत्रमा समेत सदस्यता वितरण र नयाँ समिति गठन भइरहेको जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालले जानकारी दिनुभएको छ ।

त्यसक्रममा बर्दगोरिया गाउँ समितिको भेला सम्पन्न भएको छ । भरतबहादुर बुढाको अध्यक्षतामा गाउँ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा हिरा शाही, सचिव तिलक शाही, सहसचिव रत्ना ढुङ्गाना, कोषाध्यक्ष चन्द्रा जैशी रहनुभएको छ । सदस्यहरुमा लक्षुमन चौधरी, नवल विक, पदमराज ढुङ्गेल, पार्वती ढुङ्गाना, प्रेम ढुङ्गाना र श्याम भट्टराई रहनुभएको छ । तीन सदस्यीय सल्लाहकारमा रुपा आले, जयकला ढुङ्गाना र चन्द्रकला ढुङ्गाना रहनुभएको छ ।

त्यसैगरी, राजमो लम्कीचुहा वडा नं. १० को समितिमा अध्यक्ष बमबहादुर बुढा, उपाध्यक्ष भूपेन्द्र शाही, सचिव जीवन विक, कोषाध्यक्ष धनशरा शाही, सहसचिव अर्जुन शाही, सदस्यहरु सरफारी चौधरी, खडक राना, धर्मराज गौतम, अनिता शाही, अमृता शाही, विक्रम शाही, विमल बुढा, कमल विक र नरबहादुर बोहरा रहनुभएको छ ।

यस्तै, जानकी गाउँपालिका वडा नं ५ मा भक्तबहादुर शाहीको अध्यक्षतामा वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रमेश शाही, सचिवमा फुलराम चौधरी, सहसचिवमा नयराज भण्डारी, कोषाध्यक्षमा शान्ता शाही, सदस्यमा जुग्मनी चौधरी, दुघादेबी शाही, टेकबहादुर शाही, रामस्वरुप थारु, देवसरा रेग्मी, वनवरि चौधरी, गन लोहर, राजेन्द्र शाही, नारायण शर्मा, रोसनी चौधरी रहनुभएको छ ।

कैलालीका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै टोली निर्माण गरेर सङ्गठन विस्तार भइरहेको छ । पूर्वी टोलीमा जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालसहित नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही, जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, राजमो जिल्ला सचिव जगत् जोशी, जिल्ला सल्लाहकार रामबहादुर शाही, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव खगेश्वर शर्मालगायत सम्मिलित हुनुहुन्छ ।

त्यस्तै, जानकी गाँउपालिकामा राजमोको समिति गठन भएको छ । समितिको अध्यक्षमा तेजनारायण चौधरी, उपाध्यक्षमा रामकिसन चौधरी, सचिवमा मनोज चौधरी, सहसचिवमा तेजबहादुर चौधरी र कोषाध्यक्षमा सविता चौधरी रहनुभएको छ । त्यस्तै, सदस्यमा विजराज चौधरी, दिपक चौधरी, धनिराम चौधरी, रामनारायन चौधरी, सीतारानी चौधरी, रापती चौधरी, पार्वती चौधरी, सङ्गिता चौधरी, तेजबहादुर चौधरी, सुनिता थारु, रामकिसन चौधरी, निर्मला चौधरी र लाली चौधरी रहनुभएको छ । एवम् प्रकारले सल्लाहकारमा गङ्गा विक, ललिता चौधरी, सुरेश चौधरी र सिताराम चौधरी रहनुभएको छ ।

कपिलवस्तु
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको विशेष सङ्गठनात्मक अभियान कपिलवस्तुमा उत्साहजनक रुपमा अगाडि बढेको छ । अभियानका क्रममा नयाँ सदस्यता वितरणसँगै विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने लहरै चलेको छ ।

त्यसक्रममा विजयनगर गाउँपालिका वडा नं. ५ मा नेकपाका वडाअध्यक्षका उम्मेद्वार खदेरू पसी र वडा सदस्यका उम्मेदवार सुभवन्ती पसीसहित दर्जनौँ व्यक्ति नेकपा परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको छ । पसीद्वयलाई राजमो नेता तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले अबिर तथा खादा लगाई सम्मान गर्नुभयो ।

कार्यक्रममा नेता खदेरूले आफू वडाअध्यक्षको उम्मेदवार भएर राष्ट्रिय जनमोर्चासँग प्रतिष्पर्धा गरेको तर बुझ्दै जाँदा राष्ट्रिय जनमोर्चा नै सही पार्टी लागेको हुँदा प्रवेश गरेको बताउनुभयो । यस्तै, वडा सदस्यका उम्मेदवार सुभवन्ति पसीले राजमोको कार्यक्रममा सहभागी भई देश र जनताको पक्षमा काम गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

पार्टी प्रवेशपछि आयोजित भेलाले खदेरु पसीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा विजयनगर ५ नं वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निशा भर, सचिवमा कञ्चन भर, कोषाध्यक्षमा सुभवान्ती पसी, सदस्यमा मिनबहादुर सुनार, मनबहादुर पुन, कोइला भर, चन्द्र पसी, तारामति यादव रहनुभएको छ । सल्लाहकारमा गोपाल सुनार र पवित्रा सुनार रहनु भएको छ ।

भेलालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य केरसिंह अदै, राष्ट्रिय जनमोर्चा विजयनगर गाउँ समितिका अध्यक्ष गोपाल सुनार, राजमो ४ नं. वडाअध्यक्ष विष्णु सुनार, राजमो ६ नं. वडा अध्यक्ष पातेश्वरी यादव लगायतले बधाइ तथा शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा विजयनगर गाउँ समितिका सचिव गोविन्द परिवार र स्वागत शुभवन्ति पसीले गर्नुभएको थियो ।

यसै क्रममा शिवराज नगरपालिका–१ को शिवपुरमा टोल समिति गठन गरिएको छ । शिवराज नगरपालिका–१ को बनकट्टवामा रामबहादुर सुनारको अध्यक्षतामा नौ सदस्यीय राजमोको टोल समिति गठन भएको हो । समितिको उपाध्यक्षमा दीपा विक, कोषाध्यक्षमा रामबहादुर विक रहनुभएको छ भने सदस्यमा मणकाला विक, ऋषिराम परियार, विनोद विक, सीता विक रहनुभएको छ । त्यस्तै, सल्लाहकारमा पशुपति विक र मेनुका विक रहनुभएको छ ।

त्यसैगरी, उमरीगाउँमा बोमबहादुर लामाको अध्यक्षमा ११ सदस्यीय राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला सुनार, सचिवमा सरिता चौधरी, कोषाध्यक्षमा पुनम लामा रहनुभएको छ । त्यस्तै, सदस्यमा मोहन चौधरी, पुष्पा विक, दुःखराम थारु, दिलकुमारी लामा, सुनिता चौधरी र सल्लाहकारमा कर्मराज चौधरी र मदन दर्लामी रहनुभएको छ । भेलामा अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, राजमो कपिलवस्तुका कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य कर्मराज चौधरीलगायतको उपस्थिति रहेको थियो ।

एवं प्रकारले शिवराज नगरपालिका–१ को कालोनी र चैनपुरमा राजमोको सदस्यता वितरण तथा टोल समिति गठन गरिएको छ । चैनपुरमा सर्वजीत विकको अध्यक्षतामा नौ सदस्यीय राष्ट्रिय जनमोर्चाको चैनपुर टोल समिति गठन भएको छ । समितिको सचिवमा कमला सुनार र कोषाध्यक्षमा होमबहादुर सुनार रहनुभएको छ । सदस्यमा शकुन्तला राना, गणेश सुनार, करण सुनार, सुमित्रा सुनार रहनुभएको छ भने सल्लाहाकारमा मैतबहादुर सुनार र फूलमाया सुनार रहनुभएको छ । कार्यक्रममा अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, राजमो नगर अध्यक्ष केयरसिंह पुन र मैतबहादुर सुनारले शुभकामना दिनुभएको थियो ।

त्यस्तै, विजयनगर गाउँपालिकामा पनि अभियान सञ्चालन भएको छ । सोही अभियानअन्तर्गत फागुन १० गते राजमो विजयनगर वडा नम्बर ४ को भेला सम्पन्न भएको हो । अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदैको विशेष उपस्थितिमा वडा समिति पुनर्गठन भएको हो । समितिको अध्यक्षमा विष्णु सुनार, उपाध्यक्षमा रामभरोस यादव, सचिवमा अमर सिंजाली र कोषाध्यक्षमा सुमित्रा परियार रहनुभएको छ । त्यसैगरी सदस्यमा नरबहादुर अर्गेजा, सुमन सलामी, रामकोरी घर्ती, सुमित्रा योगी, अरसरा गन्धर्व रहनुभएको छ भने सल्लाहकारमा नवराज योगी र गोविन्द परियार रहनुभएको छ ।

कञ्चनपुर
कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान जिल्लाव्यापी रुपमा अघि बढिरहेको छ । त्यस क्रममा गाउँगाउँमा सदस्यता वितरण, सङ्गठन निर्माण, प्रशिक्षण भेलाहरु सम्पन्न भएका छन् ।

अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने क्रमसमेत चलेको छ । बेलौरी क्षेत्रमा तत्कालीन नेकपा (एमाले) बाट बझाङमा निर्वाचित पूर्व वडाअध्यक्ष मदन दमाई राजमोमा प्रवेश गर्नुभएको छ । यता, गत स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा नेपाली काङ्ग्रेसबाट वडासदस्यका उम्मेदवार जानकी सुनार पनि राजमोमा प्रवेश गर्नुभएको छ ।

बेलौरी क्षेत्रमा तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको नेतृत्वमा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला संयोजक राजकुमार चौधरीलगायत नेताहरु सहभागी टिमबाट अभियान अघि बढिरहेको छ । दक्षिणी क्षेत्रमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा अभियानमा सामेल हुनुहुन्छ ।

यस्तै, महेन्द्रनगर क्षेत्रमा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको नेतृत्वमा उपाध्यक्ष मञ्जु परियार, सहसचिव लालबहादुर कुँवरलगायत सामेल हुनुहुन्छ । उत्तरी क्षेत्रमा राजमो केन्द्रीय सदस्य मनोज भट्ट अभियानमा सामेल हुनुहुन्छ । यस्तै, अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरु परिचालित छन् ।

अभियानकै क्रममा फागुन १२ गते बेलौरी नगरपालिका वडा नं. ९ को खजुवाटोलमा सम्पन्न भेलाले मथुरा दमाई (क) को अध्यक्षतामा टोल समिति गठन गरेको छ । समितिको सचिवमा रामबहादुर विक, कोषाध्यक्षमा मथुरा दमाई (ख), सदस्यमा हस्तबहादुर विष्ट र शेरबहादुर दमाई रहनुभएको छ ।

यस्तै, वडा नं ९ कै कुण्डामा फागुन ३ गते सम्पन्न भेलाले फालुराम चौधरीको अध्यक्षतामा १९ सदस्यीय राजमोको टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अमिता चौधरी, सचिवमा भुवन चौधरी, सहसचिवमा हिरा चौधरी र कोषाध्यक्षमा शान्ति चौधरी रहनुभएको छ । समितिको पूर्ण सदस्यमा बजकसमार चौधरी, रामबहादुर चौधरी, सरस्वती चौधरी र धनी चौधरी रहनुभएको छ भने वैकल्पिक सदस्यमा पर्शुराम चौधरी, गोमति चौधरी, श्रीमा चौधरी, बृजुराम चौधरी, छोटकनिया चौधरी र नरेन्द्र चौधरी रहनुभएको छ ।

यता, पुनर्वास नगरपालिकाको समता टोलमा राजमोको सदस्यता वितरण गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का सुदूरपश्चिम संयोजक जनक कुँवर र राजमो कञ्चनपुरका नेता हरि लम्सालको उपस्थितिमा टोलभरि नै सदस्यता वितरण गरिएको थियो ।

यस्तै, जिल्लाको शुक्लाफाँटा १२ वसन्तपुरमा ८५ वर्षीय पति बोहरालाई सदस्यता प्रदान गरी अभियानको सुरुवात गरिएको थियो । सो वडामा भेला गरी वडा समिति गठन गरिएको छ । भेलाले अध्यक्षमा मानबहादुर पुजारा, उपाध्यक्ष देवराज भट्ट, सचिवमा सरस्वती विष्ट कार्की र सहसचिवमा प्रदिप भण्डारीलगायत ११ सदस्यीय वडा समिति चयन गरेको छ । नगर समिति सदस्य टुङे बोहराको अध्यक्षता र नगर सदस्य मानबहादुर गुजाराले सञ्चालन गर्नुभएको उक्त भेलामा राजमो केन्द्रीय सदस्य मनोज भट्ट र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।

काठमाडौं
काठमाडौंको चन्द्रागिरिमा राष्ट्रिय जनमोर्चाको सङ्गठन अभियान तीव्र भएको छ । पार्टीको एकमहिने अभियानअन्तर्गत सुरू भएको अभियानमा सयौँले पाटी सदस्य लिएका हुन् । राजमोका जिल्ला अध्यक्ष झविन्द्र बेलबासे, जिल्ला सदस्य तथा चन्द्रागिरि नगर इन्चाज रोसन दानी, नगर अध्यक्ष मोहन जिसीलगायत नेताहरूको उपस्थितिमा सङ्गठन विस्तार अभियान सुरू भएको हो । पाटीले देशभर एकैसाथ सुरू गरेको एकमहिने सङ्गठन विस्तार अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाका हरेक गाउँ, टोलमा पनि सङ्गठन निर्माण तथा जनतासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएको छ ।

जिल्ला अध्यक्ष झविन्द्र बेलबासेले काठमाडौँ जिल्लामा जनमोर्चाप्रति जनताको आकर्षण, उत्साह व्यापक रूपमा बढिरहेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका युवा नेता रोसन दानीले चन्द्रागिरिमा राष्ट्रिय जनमोर्चामा युवाहरूको जनसहभागिता र उत्साहाले पाटीमा ठुलो योगदान मिल्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समितिको आयोजनामा राष्ट्रिय जनमोर्चाको केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा फागुन १ गते चन्द्रागिरि पाटी प्यालेसबाट काठमाडाँै उपत्यकाको सङ्गठन विस्तार अभियानको उद्घाटन गरिएको थियो ।

गुल्मी
राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला समितिले सञ्चालन गरेको एकमहिने सङ्गठनात्मक अभियानअन्तर्गत फागुन १० गते कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ७ साजनकोट गाउँको भेला सम्पन्न भएको छ । भेलाले मोतिलाल गिरीको अध्यक्षतामा १३ सदस्सीय गाउँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सावित्रा गिरी, सचिवमा कमला गिरी, सहसचिवमा डिला गिरी र कोषाध्यक्षमा रतन गिरी रहनुभएको छ । सदस्यमा राधा गिरी, हरिकला गिरी, चन्द्रकला गिरी, लक्ष्मी गिरी, चेतमान गिरी, पदम पुरी, पुरन गिरी र भवर गिरी रहनुभएको छ भने सदस्यको हाललाई एक स्थान रिक्त राखिएको छ ।

कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष तारा क्षेत्री, मूल प्रवाह अखिल नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राजमोका जिल्ला सदस्य पूर्णबहादुर थापाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

त्यस्तै, मालिका गाँउपालिकाको सिमलटारीमा राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन रानाको आतिथ्यता र डम्बर जिसीको पहलमा गाउँ समिति गठन भएको छ । समितिको अध्यक्षमा दुर्गाबहादुर केसी, उपाध्यक्षमा चुमानबहादुर जिसी, सचिवमा नारायण परियार रहनुभएको छ भने सदस्यमा सीता जिसी र कमला जिसी रहनुभएको छ ।

उक्त अभियानमा शङ्करप्रसाद पोख्रेल, प्रेम अर्याल र नित्यानन्द अर्यालको समेत उपस्थिति रहेको थियो । अभियान टोलले सिमलटारी बजारमा पर्चा र अपिल वितरण गरेको थियो ।

त्यस्तै, पुर्कोट दहमा राजमोका जिल्ला सचिव छविलाल सर्तुङी, सूर्य थापा, हरि न्यौपाने र पृथ्वी कुँवरको विशेष उपस्थितिमा भेला आयोजक समिति गठन भएको छ, जसको संयोजकमा खिमबहादुर कुँवर र सदस्यमा बिस्नुबहादुर कुँवर, डोरप्रसाद पौडेल, धनबहादुर कुँवर र धना कुँवर रहेको भेला आयोजक समिति गठन भएको छ । सो समितिले फागुन महिनामा बृहत् भेला गरी नयाँ समिति निर्माण गर्ने संयोजक खिमबहादुर कुँवरले बताउनुभयो ।

त्यसैगरी, अभियानले अग्लुङ माविमा अखिल (छैठौं) को ११ सदस्यीय एकाइ समिति गठन गरेको छ, जसको अध्यक्षमा गौरव परियार, उपाध्यक्षमा अञ्जना कुँवर, सचिवमा राजकुमार परियार र कोषाध्यक्षमा बिपना चन्द रहनुभएको छ । समितिको सदस्यमा विशाल खड्का, शम्भु हमाल, लक्ष्मण विष्ट, कविता चन्द,मधु राउत र अस्मिता विक रहनुभएको छ । देशको समसामयिक राजनीतिक परिस्थितिबारे विद्यार्थीलाई हरि न्यौपाने र शङ्करप्रसाद पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

रुपन्देही
रुपन्देहीको सैनामैनामा ७१ वर्षीय एक वृद्धले राष्ट्रिय जनमोर्चालाई खोज्दै आएर सदस्यता लिएका छन् । राजमोले सञ्चालन गरेको सङ्गठनात्मक अभियानअन्तर्गत सैनामैनाका ७१ वर्षीय पूर्णबहादुर क्षेत्रीले सदस्यता लिएका हुन् । फागुन ७ गते राष्ट्रिय जनमोर्चा रुपन्देहीले सैनामैनामा सङ्गठनात्मक अभियानअन्तर्गत भेलाको आयोजना गरी उहाँहरू सबैलाई सदस्यता वितरण तथा नवीकरण गरेको छ ।

सो अवसरमा सम्पन्न भेलाले ४१ सदस्यीय सङ्गठन परिचालन समिति गठनसमेत गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टानबहादुर केसी, राजमोका ५ नं. प्रदेश कोषाध्यक्ष गणेश गौतम, कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यलगायतले मन्त्वय राख्नु भएको थियो । अभियान रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र कञ्चन गाउपालिकामा एकैसाथ विभिन्न टोली बनाई सञ्चालन भइरहेको राष्ट्रिय जनमोर्चा रुपन्देहीले जानकारी दिएको छ ।

यस क्रममा राजमो सैनामैना नगरपालिकाले १ नम्बर वडादेखि ११ नम्बर वडासम्म ४१ जना सदस्य रहेको ६ वटा टोली परिचालन गरी जनभेटघाट तथा सदस्यता वितरण अभियानलाई तिव्रता दिएको छ । टोली नम्बर १ मा लालबहादुर क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय, टोली नं. २ मा नरबहादुर थापाको संयोजकतामा पाँच सदस्यीय, टोली नं. ३ मा दलबहादुर मल्लको संयोजकतामा पाँच सदस्यीय, टोली नं. ४ मा जयश्वर रेग्मीको संयोजकतामा ६ सदस्यीय, टोली नं. ५ मा हरि राहाडीको संयोजकतामा १० सदस्यीय र टोली नं. ६ मा लक्ष्मी योगीको संयोजकतामा ८ सदस्यीय टोली निर्माण गरी सङ्गठनात्मक अभियानलाई अघि बढाइएको छ।

डोटी
राष्ट्रिय जनमोर्चा डोटीले सञ्चालन गरेको एकमहिने अभियानको क्रममा केआइसिंह गाँउपालिका–६ ठाटीकाटको एउटा टोल पूरै राजमोमा प्रवेश गरेको छ । हालै सम्पन्न सो टोलको एक भेलाबाट पुरै टोलबासीले सल्लाह गरी राजमोको सदस्यता लिएका हुन् । भेलापश्चात राजमोको ४१ सदस्सीय टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा सागर भट्ट, उपाध्यक्षमा रमेश भट्टराई, सचिवमा कैलाश भाट, सहसचिवमा वीरेन्द्र भाट र कोषाध्यक्षमा चन्द्र भाटलगायत सदस्य रहनुभएको छ ।

राजमोको वडा समिति अध्यक्ष हरिप्रसाद भट्टराईको अध्यक्षता तथा ६ नम्बर वडा सदस्य नरेन्द्र बरालको सञ्चालनमा सम्पन्न भेलामा राजमोका जिल्ला सचिव केशवनाथ योगीले राजमोले लिएको नीति तथा कार्यक्रमबारे स्पष्ट पार्नुभएको थियो । राजमो ६ नं. वडा समितिका सचिव लक्ष्मण भण्डारीले भेला सफताको शुभकामना दिनुभएको थियो ।

त्यस्तै, केआइसिंह गाँउपालिकाको ७ मा पनि राजमोको टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा सालिभान तिरुवा, उपाध्यक्षमा पुने तिरुवा, सचिवमा चक्र तिरुवा, सहसचिवमा रमेश तिरुवा र कोषाध्यक्षमा देउसरा तिरुवा रहनुभएको छ । सदस्यमा फगरे तिरुवा, दिलबहादुर तिरुवा, जानकी तिरुवा, रोशन तिरुवा, कौशल्या तिरुवा, लक्ष्मी तिरुवा र गोरे तिरुवा रहनुभएको छ । भेलामा केशवनाथ योगी, लक्ष्मण भण्डारी, सागर भट्टलगायत नेताहरुले शुभकामना दिनुभएको थियो । अभियान टोलीले जिल्लाका विभिन्न स्थानमा सङ्गठन निर्माणको कामलाई तिव्रता दिएको छ ।

रोल्पा
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एकमहिने सङ्गठनात्मक अभियानको क्रममा रोल्पाका विभिन्न स्थानमा अभियान सञ्चालन भएको छ । अभियानकै क्रममा परिवर्तन गाउँपालिकाको वडा नं. ३ मा फागुन ११ गते भेला सम्पन्न भएको छ । भेलाले चन्द्रबहादुर परियारको अध्यक्षतामा सात सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मनबहादुर बादी, सचिवमा योगेन्द्रप्रसाद दागी, सहसचिवमा दलवीर थापा र कोषाध्यक्षमा दलबहादुर बुढा रहनुभएको छ । त्यस्तै, सदस्यमा अकवीर दागी, देवराज बुढा र प्रेमबहादुर परियार रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य केबी थापा, जिल्ला सल्लाहकार हस्तमनि पुन र नेकपा परिवर्तन गाउँपालिकाका सदस्य हुकुमबहादुर दागीले भेला सफलताको शुभकामना दिनुभएको थियो । चन्द्रबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन योगेन्द्रप्रसाद दागीले गर्नुभएको थियो ।

दैलेख
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको सङ्गठनात्मक अभियानअन्तर्गत फागुन ८ गते ठाटिकाँध गाउँपालिमा भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले गाउँ समिति गठन गरेको हो । समितिको अध्यक्षमा तिलकबहादुर शाही, उपाध्यक्षमा कटकबहादुर शाही, सचिवमा वीरेन्द्रबहादुर शाही र कोषाध्यक्षमा गौरा शाही रहनुभएको छ । त्यसैगरी, सदस्यमा प्रेमबहादुर शाही, भूपेन्द्र सुडी र भक्त अर्खाली मगर रहनुभएको छ ।
राजमो जिल्ला अध्यक्ष अमरबहादुर नेपाली, अखिल नेपाल जनजाति सम्मेलनका वैकल्पिक केन्द्रीय सदस्य कमल वरै, राजमो गाउँ समितिका अध्यक्ष नरबहादुर सिंहले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

त्यस्तै, भेलालगतै कोणसभासमेत सम्पन्न भएको थियो । कोणसभालाई नेता भरत शाही, अमरबहादुर नेपाली, कमल बरै, नरबहादुर शाही र तिलकबहादुर शाहीले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन वीरेन्द्रबहादुर शाहीले गर्नुभएको थियो । राजमो दैलेख जिल्ला समितिले जिल्लाका विभिन्न स्थानमा सङ्गठनात्मक अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

यसैबिच, भैरवी गाउँपालिका–७ कुसापानीमा दैलेख नारायण क्याम्पसका नेपाल विद्यार्थी सङ्घङ्घका कोषाध्यक्ष रीता शाही राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । उहाँले नविसङघ परित्याग गरी राजमोमा प्रवेश गर्दै काङ्ग्रेसको राजनीतिले मुलुक उभो नलाग्ने भएकाले राजमोमा प्रवेश गरेको बताउनुभयो । त्यसका साथै दर्जनौँ कुसापानीवासीले राजमोमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश अध्यक्ष भरतशाहीले सदस्यता दिएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार