बेंगलोरमा एरिया भेला सम्पन्न

बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंलगोर उत्तर नगर समिति अन्तर्गत माराथलि एरिया समिति गठन गरिएको छ । करन बहादुर ओली पहल कदमी तथा केन्द्रीय सदस्य मदन भण्डारी, क्षेत्रीय समितिका विवि थापा, नगर समितिका उपाध्यक्ष कृष्ण परियारको विशेष उपस्थितिमा सम्पन्न भेलाले खिमराज एरिको अध्यक्षतामा ९ पूर्ण, ३ वैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय एरिया समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष– धनिराम विक, सचिव– सुरेन्द्र कमल ओली, सहसचिव लोकेस ओली, कोषाध्यक्ष– महाबिर विक रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः राज कुमार विक, अशोक एरि, दिपा बोहोरा, प्रकाश बोहोरा, बैकल्पिक सदस्यमाः बिरेन्द्र एरि, सरिता बुढाथोकी र गंगा रोका रहनुभएको छ । त्यस्तै भेलाले प्रेमबहादुर विक, ललिता बोहरा र तुल्सी विक सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई बिबि थापा, कृष्ण परियार, करन बहादुर ओली र मदन भण्डारीले शुभकामना तथा बधाई दिनुभएको थियो । कार्यक्रमको अध्यक्ष महाबिर विकले र सञ्चालन धनिराम विकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार