
काठमाडौँ । यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ ।
आज बिहानै नजिकको नदी वा कतैबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमा जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ ।
त्यस्तै टीकाको साइत असोज २६ गते ११ः३६ तोकिएको छ
रोजगारी, अध्ययन एवम् अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ ।















