
नोएडा, ६ अक्टोबर । मूल प्रवाह अखिल भरत नेपाली एकता समाज नोएडा नगर समितिको भेला मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, क्षेत्रीय सदस्य तिलक पाण्डेको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।
जनक लामाको अध्यक्षता कृष्ण कुवरको सञ्चालन र जंग बहादुर खातीको स्वागत मन्तव्य पछि ज्ञात अज्ञात सहिदहरूप्रती मौनधारण गरिएको थियो । भेलालाई केन्द्रीय उपाध्यक्ष कपिल खनालले सम्बोधन गर्नुभएको थियो ।
भेलाले जङ्ग बहादुरको अध्यक्षतामा ९ पुर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यी नोएडा नगर समिति पुनर्गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– जनक लामा, सचिव– टुक बहादुर सुनार, सहसचिव– अमित खड्का, कोषाध्यक्ष– कृष्ण कुँवर, सदस्यहरुमाः गोपाल मगर, रन बहादुर थापा, चुमान सिंह, मानबहादुर थापा, वैकल्पिक सदस्यमाः सपना थापा, हरि थापा र बलराम चौधरी रहनुभएको छ । त्यस्तै सल्लाहकारमा शुशिल विक, शिव थापा र कृष्ण थापा रहनुभएको छ ।














