भैलो तयारी भेला एवम् सम्मान कार्यक्रम सम्पन्न

रोहतक, २७ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम २०२४ तयारी भेला सम्पन्न भएको छ ।

नगर सदस्य सोनिया बेलबासेको सञ्चालन एवम् सन्तराम विकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पश्चिम उत्तर क्षेत्रीय सदस्य रेशम विक, नेपाली समाचार सम्वाददाता धर्म सुनार प्युठानी झिमरुक गाउँपालिका छ राजमो वडा सदस्य सरिता विक, महिला संयोजक अनिता परियार, सांस्कृतिक बिभाग संयोजन कमला गौतम, जनजाति बिभागका खेमबहादुर कुमाल, समता विभाग संयोजक विक्की परियार मुद्दा विभागबाट सरन गौतमले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

संसारकै चिरपरिचित शहिदको सम्झनामा एक मिनेट मौनधारण पछि उपस्थित सम्पुर्ण जनसमुदायलाई नगर सदस्य गणेश गौतमले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

मञ्चमा आसिन अतिथिहरूले आ–आफ्नो बिचार राख्दै उपस्थित जनप्रतिनिधि सरिता विकलाई फुलमाला र अबिर लगाई सम्मान एवम् शुभकामना व्यक्त गर्नुभयो । भेलाले गरेको निणर्यलाई क्षेत्रीय सदस्य रेशम विकले बाचन गरी प्रस्तुत गर्नुभएको थियो जो यसप्रकार रहेको छ ।

भेलाले भैलो सञ्चालनको लागि बिभिन्न समिति, उपकमिटीहरू तयार गरेको छ । सुभाष गौतमको इन्चार्जमा ११ सदस्यीय मूल ब्यबस्थापन समिति, रेसम विकको इन्चार्जमा छ सदस्यीय अनुशासन उपकमिटी । गणेश गौतमको इन्चार्जमा ३ सदस्यीय आर्थिक कमिटी । सन्तराम विकको इन्चार्जमा टामबहादुर परियार र पुरण रोकाको मेष ब्यबस्थापन कमिटी । सुभाष गौतमको इन्चार्ज मा १७ सदस्यीय सम्पर्क एवम् शुभकामना उपकमिटी । धर्म बाबू प्यूठानी को इन्चार्जमा सम्पूर्ण कलाकार टिम कमिटी तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार