
पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पुर्व नगर समिति अन्तरगत विमान नगरमा केन्द्रीय अध्यक्ष ठाकुर खनाल एवं केन्द्रीय सदस्य गोविन्द थापाको उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलामा, देशको तात्कालिन, अवस्था, प्रवासी नेपालीहरू समस्याबारे प्रशिक्षण सञ्चालन गरिएको थियो । साथै अरुण ताम्राकारको अध्यक्षतामा १३ पूर्णसदस्य ४ बैकल्पिक सदस्य ४ सल्लाहकार सहित २१ सदस्यीय विमान नगर एरिया समितिको पूनर्गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– दिलीप बिक, सचिव– राम प्रसाद अवस्थी, सहसचीव– कमल बिक, कोषाध्यक्ष– उज्ज्वल सिंह भुल, सदस्यहरूमा राम बाजि, धन बहादुर बिक, चक्र बिक, प्रकाश जेठारा, बाजि धामी, जनक भुल, रमेश जेठारा एक स्थान रिक्त, बैकल्पिक सदस्यमा भरत बिक, प्रेम राउत, शिव बिक, गणेश भुल, सल्लाहकारमा राजु बिक, गोपाल राउत, लोकेश बिसी र गणेश बिक रहनुभएको छ ।
भेलामा व्यापक सदस्यता वितरण गर्ने एवं आगामी नगर सम्मेलनलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गरि भब्य रूपमा सम्पन्न गर्न सहयोग निर्णय गरिएको छ ।















