
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकद्धारा आयोजित प्रगतिशील देउसीभैलो कार्यक्रम समापन भएको छ ।
नगर समिति रोहतकको आयोजना नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षता र सचिव धर्म सुनार प्युठानीको सञ्चालनमा ३१ अक्टोबरदेखि ३ नोभेम्बरसम्म चार दिन सञ्चालन भएको प्रगतिशील देउसीभैलो कार्यक्रम आज समापन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राजमो नेपालका केन्द्रीय सदस्य नारायण जिसी लुम्बिनी प्रदेश जातिय समता समाज का कोषाध्यक्ष खुमबहादुर विक रोहतक नगर समितिका संस्थापक सदस्य गणेश शर्मा नगर उपाध्यक्ष बलबहादुर विकको आतिथित्या रहेको थियो ।
श्रमजीवी बर्गको हकहित संरक्षणका निमित्त शहिद हुनुभएका शहिदको स्मरणमा एक मिनेटको मौनधारण पछि उपस्थित जनसमुदायलाई नगर सदस्य सोनिया बेलबासेले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
राजमो सदस्य नारायण जिसीले उद्देश्य बिनाको कुनै संगठन समाज हुँदैन कही आस्थावादी धर्मको प्रचार गर्ने कहि जातिको बारेमा संगठित गर्ने जस्ता बिभिन्न खालका संगठनहरू छन् तर हामीहरू देश छोडेर अन्य स्थानहरूमा बसोबास गरेपनि नेपाल र नेपाली श्रमजीवी बर्गको हकहितका लागि भौतिकवादी संगठन मूल प्रवाहमा संगठित हुनुपर्ने कुरा बिस्तारमा प्रस्ट्याउनु भयो ।
साथै देशको राजनीतिक अवस्था र युवाहरुको बिदेश पलायन बारे बोल्दै देशको नेतृत्व सही नभएको कारण आज दैनिक तिन हजारदेखि चार हजारभन्दा बढी युवाहरू विदेश पलाएन हुनुपरेकोमा हाम्रो पार्टी राजमोले दुःख प्रकट गरेको बताउनुभयो ।
ढुंगे युग जंगलको बास देखि आजको युगसम्म परिवर्तन भयको छ भने हाम्रो देशमा पनि परिवर्तनको आवश्यकता छ । यसका लागि युवाहरू सचेत हुनुपर्छ साथै सही नेतृत्व सही बिचारलाई बुझ्न जरुरी भएको बताउनुभयो । त्यसै गरि खुमबहादुर विकले जातियताको बारेमा आफ्ना भनाईहरू राख्नुभयो ।
गणेश शर्मा, सास्कृतिक बिभाग की संयोजक कमला गौतम बलबहादुर विकले आ–आफ्नो भनाईहरू राख्नुभयो अन्त्यमा सुभाष गौतमले देउसीभैलो कार्यक्रम सम्पन्न पार्नुभएका सम्पुर्ण टिमलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको भनाईहरू राख्दै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रम सञ्चालन धर्म सुनार प्युठानीले गर्नुभएको थियो।















