भिवानीमा प्रगतिशील देउसी भैलो सम्मापन कार्यक्रम सम्पन्न

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको आयोजनामा प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य र सानदार रूपमा सम्पन्न भएको छ ।

डिल बहादुर भट्टराईको अध्यक्षता र गोर्वधन सुनारको सञ्चालनमा अघि बडेको थियो । मूल प्रवाह केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्षको प्रमुख अथिती आसन ग्रहण रहेको थियोे । अन्य अथितिमा मूल प्रवाह नगर संस्थापक सदस्य बिबि कोपिला, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि विक, क्षेत्रीय समता बिभाग सदस्य अशोक सुनार, नगर महिला संयोजक उर्मिला कोपिला, नगर विद्यार्थी बिभाग संयोजक मनिसा परियार र चर्खी दादरी नगर संगठनका अध्यक्ष कबिर विकको अथिती रहेको थियोे ।

चिरपरिचीत सहिदप्रती एक (१)मिनेट मौनधारणा राख्दै नगर सदस्य चोप बहादुर पाण्डेले शब्द र रक्तिम टिमदेखि स्वागत गितबाट उपस्थित जनमानसलाई स्वागत गरिएको थियोे । देउसी भैलो टिमबाट मनिराम अधिकारीले सहयोगीहरूको नामावली सानदार रूपमा वाचन गर्नु भएको थियोे । सहयोग गर्नुहुने सम्पुर्णलाई नगर समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियोे ।

अथिती मण्डलबाट प्रमुख अथिति सालिकराम आचार्यले बधाई तथा शुभकामना दिदै प्रगतिशील देउसी भैलो बारेमा टिप्पणी राख्दै देशमा चलिरहेको राजनीति सहकारी ठगी आन्दोलन बारेमा आलोचना गर्नु भएको थियोे ।

देउसी भैलो रक्तिम टिमदेखि मोहन सिंह विकले कार्यक्रमको बिचबिचमा गित र नित्य प्रस्तुत गराउनु भएको थियोे ।उक्त रक्तिम कलाकार भाइ बहिनीहरूलाई नगर समितिको ब्याज भएको ब्याग र सम्मान प्रत्रले सम्मानित गर्दै कार्यक्रमका प्रमुख अथितिले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार