“कामरेड जलजला” उपन्यासप्रति शुभकामना

कृष्ण अधिकारी ##

क. मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर व्यक्तित्व हुनुहुन्छ । नेकपाको दोस्रो महाधिवेशन (२०१४ साल) देखि सामान्यतः अविच्छिन्न रूपमा केन्द्रीय नेतृत्वमा रहेर उहाँले कम्युनिस्ट आन्दोलनलाई हाँकिरहनु भएको छ ।

तेस्रो महाधिवेशन (२०१८ साल) पछि छिन्नभिन्न रहेको कम्युनिस्ट पार्टीलाई पुनः उहाँकै नेतृत्वमा एकीकृत गरेर २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । त्यसपछि पनि उहाँकै नेतृत्वमा २०४२ सालसम्म चौथो महाधिवेशनको नेपालभरी एकछत्र सङ्गठन विस्तार भएको थियो ।

आज पनि उहाँले नेतृत्व गर्नुभएको चौथो महाधिवेशनको हाँगाबाट हजारौँहजार नेताकार्यकर्ता उत्पादन हुंदै पलायन हुँदै गए तर उहाँ भने सतिसाल झैँ खडा भएर अहिले पनि नेकपा (मसाल) को नेतृत्व हाँकिरहनु भएको छ ।

क. मोहनविक्रमले नेपाली कम्युनिस्ट आन्दोलनमा राजनीतिक मतभेदका महत्त्वपूर्ण दस्तावेज लेखेर उक्त आन्दोलनलाई योगदान त पुर्‍याउनुभएको छ नै साथै नेपाली साहित्यिक रचनामा पनि उहाँको उत्तिकै दख्खल छ भन्ने कुरा उहाँका साहित्य रचना पढेका पाठकहरूले सिधा अनुमान लगाउन सक्दछन् ।

आज उहाँको साहित्यको नयाँ आयाम, जसभित्र साहित्य, प्रेम, इतिहास मात्र अटाएको छैन, क्रान्तिकारी समर्पण र सम्पूर्ण ब्रह्माण्ड अटाएको छ भनिएको छ । हुन पनि २३ वर्षदेखिको निरन्तर लगाव र सपनाले कुँदिएको १,३२० पृष्ठको “कामरेड जलजला” उपन्यासमा यी सबै कुरा अटाउँदा यति ठुलो किताब बन्नु स्वाभाविकै छ भन्न सकिन्छ । आशा छ, यो बृहत् उपन्यास नेपाली साहित्यमा एउटा कालजयी कृतिको रूपमा रहने छ । हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार