फरीदावादमा व्यक्तित्वकला प्रतियोगिता सम्पन्न

फरीदावाद, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ ।

भारतमा नेपाली मजदुरहरूको अवस्था र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भूमिका विषयक वक्तित्व कला प्रतियोगिता कार्यक्रमको सञ्चालन रमेश चन्द्र क्षेत्रीले र अध्यक्षता नगर अध्यक्ष विष्णु बिसीले गर्नुभएको थियो ।

समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य विक्रम सिंह राणा, पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष शालिग्राम आचार्य, समितिका सचिव शिव केसी, केन्द्रीय सदस्य बाबुराम बिष्ट, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी माया बिसी, अखिल भारत नेपाली विद्यार्थी संघकी सचिव सरिता बिसी, रक्तिम साँस्कृतिक विभाग पश्चिमोत्तर क्षेत्रीय समितिका धरम खनाल, फरीदाबाद महिला नगर विभागकी संयोजक शकुन्तला थापा लगायतको आतिथ्यता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणपछि अगाडि बढेको सो कार्यक्रममा स्वागत नगर उपाध्यक्ष अशोक कुँवरले गर्नुभएको थियो । जसमाः यस विषयलाई लिएर प्रतियोगीहरूले आफ्नो प्रतिक्रिया आफ्नो वक्तित्व कलाको प्रदर्शन गर्नुभएको थियो ।

प्रतियोगितामा चारजना निर्णायक मण्डलको व्यवस्था गरिएको थियो । निर्णायक मण्डलको निर्णय अनुसार महिला विभाग तर्फ : प्रथम– विमला महरा, द्वितीय– शान्ता भुसाल र सविता थापाले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । शान्त्वना मनिसा जिसी र सिता सुवेदीलाई पुरस्कृत गरिएको थियो ।

विद्यार्थी तर्फः प्रथम– कमल कुँवर, द्वितीय– मनिसा खनाल र विशाल विसीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । त्यसैगरी सान्त्वना पुरस्कार कविता थापा र चन्दा थापाले प्राप्त गर्नुभएको थियो । प्रतियोगी सम्पूर्णलाई सम्मान स्वरूप प्रमाणपत्र वितरण गरेको थियो ।

शुभकामना दिनेहरू मध्य अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता बिसी उपाध्यक्ष कपिल खनाल केन्द्रीय सदस्य विक्रम राणा अध्यक्ष शालिकराम आचार्य फरीदाबाद महिला नगर विभागकी शकुन्तला थापाले बधाई मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार