हार्दिक श्रद्धाञ्जली

चर्खी दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीका सदस्य हुत बहादुर सेमिमगरको निधनप्रति चर्खी दादरी नगर समिति मार्महित भएको छ । उहाँ ८७ बर्षको हुनुहुन्थ्यो ।

उहाँ लुम्बिनी प्रदेश मुसिकोट ४ गुल्मी जिल्ला निवासी हुनुहुन्थ्यो । रोजगारीको सिलसिलामा भारतमा पस्नु भएका सेमी मगरले चर्खिदादरीमा नै घर बनाई बस्दै आउनु भएको थियोे । उहाँका २ छोरा र १ छोरी हुनुहुन्छ ।

नगर संगठन समिति दादरीलाई नैतिक र आर्थिक रुपले समर्थन गर्दै आउनु भएको थियो । उहाँको निधनप्रति नगर संगठन समितिले अन्तिम दाहसंस्कार गरि शोक सभा गरेको थियो । नेत्र बहादुर केसीको संचालनमा १ मिनेट मौनधारणा पछि भिवानी नगर समिति अध्यक्ष डिल बहादुर भट्टराई, नगर समितिका मनिराम अधिकारी, प्रेम सुर्यवसी, चर्खी दादरी नगर समितिबाट किसन बिक, लाल सिंह, बुधराम, सुर्बिर, कबिर बिक र गणेश समाजसेवी गोपाल पौडेल लगायतले शोक मन्तव्य दिनुभएको थियो । त्यस्तै प्रवासी नेपाली संघ भारतका कार्यकताहरू पनि उपस्थिति रहेको थियो ।

मृतक हुत बहादुर सेमिमगरप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
चर्खिदादरी नगर संगठन समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार