पूर्व एमालेबाट वडा अध्यक्षमा निवार्चित न्यौंपाने राजमोमा प्रवेश

दाङ । राष्ट्रिय जनमोर्चा दाङको संगठनात्मक अभियान निरन्तर रुपमा चलिरहेको छ । अभियानका क्रममा राजमोले हजारौं सदस्यता वितरण गरेको छ।

दाङमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित पूर्व वडा अध्यक्ष खगेश्वर न्योपाने राजमोमा प्रवेश गर्नुभएको छ ।

उहाँलाई राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभएको थियो । राजमोको सदस्यता लिँदै न्यौपानेले अहिलेको नेकपामा बैचारिक स्खलन आएको बताउनु भयो ।

नेकपामा विचारमा मात्रै स्खलन नभई अब भावनात्मक सम्बन्ध र सहयोग आदान प्रदानको भावना समेत नभएको न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार