तारापुरमा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला मनाइयो

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रहेको तारापुर नगर समितिद्वारा सञ्चालित तारापुर महिला नगर विभागको आयोजनामा ११० औं श्रमिक महिला दिवस समारोह भव्य रुपमा मनाइएको छ ।

सरस्वती पल्लीको अध्यक्षता तथा सुमित्रा नेवार सञ्चालनबाट अगाडि बढेको सो समारोहमा समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा उपस्थित जनसमुदायलाई करिना पुनले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्की, मध्यपश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवर, क्षेत्रीय महिला विभागकी संयोजक रेणुका कुँवर, क्षेत्रीय सहसचिव ज्ञान प्रसाद भट्टराई, रक्तिम केन्द्रीय विभागका बोम सिंजापती, तारापुर नगर अध्यक्ष खडक राई, तारापुर उपाध्यक्ष लोकमणी पाण्डे, तारापुर महिला बिभागकी शान्ती थापा लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

प्रमुख अतिथि थापाले महिला मुक्ति वर्गीय मुक्तिसँग अभिन्न रूपले जोडिएको विषय बताउनु भयो । वर्गीय शोषण र भेदभाव रहेसम्म महिलामाथिको शोषणको अन्त नहुने थापाले जोड दिनु भएको थियो । थापाले भन्नु भयो– “महिला मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँगै अघि बढाऔँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार