
वर्धा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय सदस्य जायश्वर अधिकारी पितृ शोकमा पर्नुभएको छ । ८८ वर्षका अधिकारी बुबा मनिरत्न अधिकारी, बाग्लुङ अमलाचौर निवासी भई हाल नवलपुर गैंडाकोट नगरपालिका वार्ड नं ५ रहँदै आउनुभएको थियो ।
वहाँको महाराष्ट्र राज्यस्थित वर्धा सेवाग्राममा १७ फरवरी २०२५ का दिन निधन भएको परिवार जनाएको छ । मनिरत्न अधिकारी मध्य दक्षिण क्षेत्रीय सदस्य बिजय बिष्टका ससुरा बुबा पनि हुनुहुन्छ । वहाँका दुई छोराहरु, दुई बुहारी, छोरी र धर्मपत्नी हुनुहुन्छ । मृतक अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
















