वापीमा प्रचारात्मक तथा ऐक्यावद्वता कार्यक्रम सम्पन्न

गुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न भएको छ ।

क्षेत्रीय समितिका उपाध्यक्ष बाबुराम दहितको अध्यक्षताबाट अगाडि बढेको सो सभामा केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष खनालले ‘संघीयत नेपाली जनताको माग र चाहना नभएर विदेशीले बोकाई दिएको भारी भएको हामीले विगत लामो समयदेखि भन्दै आएका थियौं तर अहिले अमेरिकी राष्ट्रपतिले नेपालको संघीयता नेपालको आन्तरिक मामिला बताउँदै संघीयता कार्यान्वयनका लागि आर्थिक सहयोग नगर्ने घोषणा गरेसँगै प्रमाणित भएको छ ।’ खनालले अगाडि भन्नु भयो– ‘राजनीतिक दलहरुले नेपाली जनतालाई भ्रमित बनाएर आफ्ना कार्यकर्ता पाल्न ल्याएको संघीयता अब धेरै दिन टिक्नेवाला छैन ।’ संघीयतलाई खारेजीको लागि सम्पूर्ण देशभक्त नेपाली जनताहरु एकभई संघर्षमा उत्रिनु पर्ने वर्तमान समयको आवश्यकता भएको खनालको थप भनाई थियो ।

सभालाई केन्द्रीय समितिका सचिव बेद बहादुर कार्की, केन्द्रीय सदस्य गोविंद थापा, रामकला काउछा, केन्द्रीय महिला विभाग सदस्य विना काउछा, जनजाति विभाग केन्द्रीय सदस्य प्रविन काउछा, समता विभाग केन्द्रीय सदस्य सेर बहादुर बिक, साँस्कृति विभाग केन्द्रीय सदस्य हरी काउछा लगायतका अतिथिहरुले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै पश्चिम भारत महिला विभागबाट शान्ति तिरुवा सुरत नगर अध्यक्ष किशोर ताम्रकार, वापि पुर्व नगर अध्यक्ष गन बहादुर राना, वापि पश्चिम नगर अध्यक्ष देवेन्द्र रावल, दमन नगरबाट सेर सिंह आऊजी, सिलवासा नगर समितिबाट मान बहादुर थापा, पश्चिम भारत साँस्कृति विभागबाट सिता थापाले पनि मन्तव्य राख्नु भएको थियो ।

रक्तिम साँस्कृति विभागका कलाकारले गितबाट र निखिल रावतले शब्दबाट स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन पश्चिम भारत क्षेत्रीय सचिव कृष्ण कुंवरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार