पुदुचेरीमा ११०औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस सम्पन्न

पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डीचेरी अन्तर्गत महिला नगर विभागको आयोजनामा ११०औं, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश ८ मार्च भब्यरुपमा सम्पन्न पारिएको छ ।

विष्णु शर्माको अध्यक्षता र सञ्जू शर्माको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भगवति कूँवर, जनक राज पौडेल, सल्लाकार सुर्य थापा, परिषद सदस्य चन्द्रकान्त शर्मा, पुर्व केन्द्रीय उपाअध्यक्ष खगेश्वर सुनार, दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, नगर उपाअध्यक्ष नर बहादुर केसी, सचिव गोविन्द शर्मा, सदस्य श्रीकृष्ण खनाल, भद्रबहादुर जिसी, समता विभागबाट गमबहादुर विक, प्रेम परियार, जनजाति विभागबाट शोम बहादुर चौधारी, विद्यार्थी विभागबाट सोनिया परियार, बाल संगठनबाट प्रभात शर्मा लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

शहिदहरुको संझानामा १ मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई महिला विभाग सदस्य उमा केसीले स्वागत गर्नु भएको थियो ।

कार्यक्रमा उत्तर टाउनबाट प्रेम सुवेदी, मुदलिय पेटबाट रवि पौडेल, रक्तिम विभागबाट हरि कला थापा, मध्य दक्षिण टाउनबाट सविता विक, महिला विभागबाट मिना गायक, सरस्वती गायक, त्रिभुवनै एरियाबाट कुमारी थापा, दक्षिण टाउन आर जनक राज शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।

वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना साथै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको महत्व र महिलाहरुका हकअधिकार बारे प्रष्ट्राउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार