
चरखी दादरी, २७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति चरखी दादरीका सदस्य अजित सिंह विकको निधनले सिंगो संगठनलाई मर्माहित बनाएको छ । उहाँ लामो समयदेखि नै सुगर र प्रेसरको रोगी हुनुहुन्थ्यो ।
नेपाल घर रुन्टीगडि गाउँपालिका ४ रोल्पा, निवासी भई हाल हरियाणा राज्यको दादरी जिल्लामा एक गोवरमेन्ट आईटिआईमा कार्यरत हुनुहुन्थ्यो । उहाँको श्रीमती २ छोरा ३ छोरी बुहारी नातिनातिनी सबै घर परिवार संगै बस्नु हुन्थ्यो ।
उहाँको आत्माको कामना गर्दै नगर संगठन समितिले सोक सभा गरेको थियो । भिवानी नगर समितिका सदस्य मोहनसिंह विकको संचालनबाट अगाडि बढेको शोक सभामा १ मिनेट मौनधारणा पछि शोक मन्तव्य दिनेमा नगर संगठन समितिका अध्यक्ष कबिर सिंह विक र भिवानी नगर समितिका अध्यक्ष डिल बहादुर भट्टराईले मन्तव्य राख्नुभएकोे थियोे ।
















