श्रद्धाञ्जली सभा सम्पन्न

भिवानी, २५ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीका कार्यशिल सदस्य एवं विद्यानगर टोल समितिका अध्यक्ष धनबहादुर नेपालीका पिता गंगा बहादुर नेपाली १४ फरवरी २०२५ को उपचारको क्रममा हरियाणा रोहतकको पिजिआईमा निधन भएको थियो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

उहाँले नगर समितिमा नैतिक र आर्थिक रूपमा १९८४ देखि सहयोग गर्दै आउनु भएको थियोे । भिवानी कै बिजुली बोर्ड बिभागमा कार्यरत हुन्थ्यो । आफू यो संगठनमा नजोडिएता पनि नवीकरण सदस्य ता लिई राख्नु हुन्थ्यो र संगठनप्रति सल्लाह सुझाव दिई राख्नु हुन्थ्यो । अहिले उहाँका ३ छोरा र २ छोरी संगठन आवद्ध हुनुहुन्छ ।

१५ फरवरी २०२५उहाँको अन्तिम दाह संस्कार भिवानीको रामबाग गरिएको थियोे । मूल प्रवाह नगर समितिको कार्यकर्ता सदस्य र आफन्त जनको सहमतिमा विविधता पुर्वक अन्तिम बिदाइ गरिएको थियोे ।

२५ फरवरी २०२५ को उम्कने अथवा चोख्याउने दिन पार्दै नगरले श्रद्धाञ्जली सभा गरेको थियोे । धन बहादुर नेपालीको अध्यक्षता र गोर्वधन विकको संचालनमा उक्त श्रद्धाञ्जली सभा गरिएको थियोे । उहाँको सम्झनामा २ मिनेट मौनधारण पछि केन्द्रीय सदस्य एवं सालिकराम आचार्य, नगर अध्यक्ष डिलबहादुर भट्टराई, नगर उपसचिव मनिराम अधिकारी, नगर वरिष्ठ सदस्य मोहनसिंह विक, प्रवासी नेपाली संघ भिवानीका अध्यक्ष हिरा कुमार सोनी र आफन्त जनहरूले आफ्ना भनाईहरू राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार