
शर्मिक महिलाको आन्दोलनले जन्मेका हौ तिमी ।
१९१० बाट बिस्वको लागि अन्मेका हौ तिमी ।।
बिपन्न बर्गका जनताको इतिहास हौ तिमी।
सम्पन्न बर्गहरूको उपहास हौ तिमी ।।
नारीलाई मैदानमा ल्याउने दिन हौ तिमी ।
क्रुर शासक बर्गको हिन हौ तिमी ।
बिश्वभरिका नारीलाई संगठित पार्ने प्रेरणा हौ तिमी।
संसार भरिका दिन दुःखी अटाउने फराकिलो घेरा हौ तिमी।।
अमेरीकामा इतिहास रचेका हौ तिमी ।
शोषक सामान्तहरूबाट बचेका हौ तिमी।।
शर्मिक महिलाहरूको मुक्ति हौ तिमी।
अधिकार दिलाउने जुक्ति हौ तिमी।।
सासकलाइ बिबस बनाउने साहस हौ तिमी।
दिन दुखी सबैको चाहत हौ तिमी।।
नारी कम्जोर भन्ने मुखलाई काटीदिने भाला हौ तिमी।
महिलालाई एकाकार पार्ने माला हौ तिमी।।
आज कसैले तिमीलाई गलत रुपमा प्रयोग गर्दैछ।
ब्यापारीहरूले तिम्रो नाउमा मनग्य आर्थिक उपार्जन गर्दैछ।
शर्मिक बर्गको गाथा बोकेको तिमीलाई
सम्पन बर्गले आफ्नो बनाउँदैछ।
तिम्रो छवि उथल पुथल बनाउनलाई
पुँजीबादले पैसा खनाउदैछ।।
तर हामी तिम्रो बलिदानी पुर्ण इतिहास
राम्रोसँग अध्ययन गरेका छौ।
दिन दुखीको मुक्तिको निम्ति
जीवन अर्पेर अघि बढेका छौ।।
प्रबासका गल्ली बस्तीमा
शोषीत पिडीत एकजुट भएका छौ हामी।
तिम्रो सन्देश झोलामा बोकेर
हरेकका घर आगनमा गएका छौ हामी।।
तिम्रो इतिहास बचाएर राख्ने
आत्मदेखि प्रतिज्ञा गरेका छौ हामी।
आफ्नो इतिहास लोप हुन्छकी भनी निरास नहुनु
८ मार्च अन्तर्राष्ट्रिय शर्मिक महिला दिबश तिमी।।