मुक्त कमैयाका नेतासहित १५० ले लिए सदस्यता

धनगढी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १७ को पथरी गाउँमा राष्ट्रिय जनमोर्चाले १५० जनालाई सदस्यता दिएको छ । आइतबार भएको भेलामा बहुसंख्यक गाउँले राजमोमा समाहित हुने निर्णय गरेका हुन् ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता चन्द्ररुप चौधरी र मुक्त कमैया समाजका अध्यक्ष सिताराम चौधरी राजमोमा प्रवेश गर्नुभएको छ । नव प्रेवेशीलाई राजमोका केन्द्रीय सदस्य नन्दराज भट्टले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

नेकपा परित्याग गरी राजमोमा फर्केका चन्द्ररुप चौधरी ११ वर्ष पहिले राजमोबाटै तत्कालिन माओवादीमा जानुभएको थियो । तर, पछिल्लो समय नेकपा विचार, सिद्धान्त, राजनीति सबै क्षेत्रबाट स्खलित भएको र राजमो नै सच्चा राष्ट्रवादी पार्टी भएको निष्कर्षसहित राजमोमै फर्कने निर्णय गरेको बताउनुभएको छ ।

उक्त कार्यक्रमा राजमो केन्द्रीय सदस्य तथा सुदुरपश्चिम ईन्चार्ज मनोज भट्ट,अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेय,मुलप्रबाह नेपाली एकता समाजका उपाध्यक्ष हिरा सिह चन्द,राजमो कैलाली सचिव जगत प्रसाद जोशी, धनगढी नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य डबल बोगटी, अखिल (छैठौ) केन्द्रीय सदस्यद्वय हेमराज भट्ट, यकेन्द्र कडेल, अखिल (छैठौ) सुदुरपश्चिम क्षेत्रिय सदस्य तथा डडेल्धुरा अध्यक्ष टंक अबस्थि, राजमो धनगढी नगर सदस्यहरु धनिराम चौधरी, छोटेलाल राना, लाल बहादुर चौधरी, अखिल नेपाल जनजाति सम्मेलन जिल्ला सचिव बालकृष्ण चौधरीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार