
फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारात्मक तथा ऐक्यबद्धता भेला सम्पन्न भएको छ ।
बाबुराम बिष्टको सञ्चालन तथा विष्णु बिसीताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई कालिदास थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगर, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता बिसी, पश्चिम उत्तर क्षेत्रीय महिला विभागकी माया बिसी, पश्चिम उत्तर रक्तिम सांस्कृतिक विभागबाट धरम खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ फरीदाबाद नगर समितिबाट कमल कुँवर, फरिदाबाद महिला नगर विभागबाट शकुन्तला थापा, कमला थापा, कविता थापा, बिमला महरा, शान्ता भुसाल, माया बिसी, सविता थापा, विशाल बिसी लगायतले मन्तव्य दिनुभएको थियो ।