११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भिवानीमा मनाइयो

भिवानी । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत महिला नगर बिभागको आयोजनामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिशव समारोह सम्पन्न पारिएको छ ।

उर्मिला कोपिलाको अध्यक्षता, साबित्रा अधिकारीको सञ्चालनबाट अगाडि बढेको सो समारोह मूल प्रवाहका केन्द्रीय सदस्य लाल चन्द पंथको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । अतिथिहरुको आसन ग्रहण पछि शहिदहरुको संझनामा १ मिनेट मौनधारण पछि अघि बडेको सो कार्यक्रमा उपस्थित जनसमुदायलाई बसन्ता आर्चायले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव शालिकराम आर्चाय, नगर समितिका तुलबहादुर थापा, बिबि कोपिला, मनिराम अधिकारी, हस्तुदेबि बिक लगायतको आतित्थ्यता रहेको थियो । वक्ताहरुले महिला अधिकार तथा ८ मार्चको महत्व बारेमा प्रष्ट्याउनु भएको थियो ।

देशमा विभिन्न उपल्लो ओहदामा महिलाहरु पुगे पनि महिलाहरु माथि हुने भेदभाव विद्यमान समाजमा कायम रहेको प्रमुख अतिथि पंथले बताउनु भयो । महिला हत्या, बलात्कार, बेचबिखन, कुटपिट, घरनिकाला, एसिड प्रहार, बालविवाह, बोक्सीको कारण कुटपिट, हत्या, दाइजोको कारण हत्या, छाउगोठमा मृत्युलगायतका दर्दनाक पिडाहरु वर्तमान २१ सदिका महिलाहरुले भोग्न बाध्य हुनु पनि निन्दनीय भएको पन्थको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार