जयपुरमा मनाइयो ११५औं नारी दिवश

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर तथा दक्षिणको संयुक्त आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न पारिएको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष ठाकुर खनालले ‘विज्ञान र प्रविधिले लैस २१औं शताब्दीमा पनि महिलाहरु भेदभावको सिकार पुरुषहरूको अधिनमा छन् ।’ वहाँले भन्नु भयो– ‘बाल्यकाल बुवाको अधिनमा युवा अवस्थामा पतिको अधिनमा र वृद्ध अवस्थामा छोराको अधिनमा हुनु परेको । अझ धर्मको आडमा सामाजिक रूपमा पछाडी पारेको छ ।’

८ मार्च समानताको लागी चलेको आन्दोलनको क्रममा स्थापित भएको ऐतिहासिक दिवश भएको अध्यक्ष खनालको थप भनाई थियो । ‘अहिले बुजुर्वा र व्यापारीहरुले महिला दिवसलाई रश्मअदायीगी (सराद गरे जस्तै) र सौन्दर्य समान विक्री गर्ने माध्यम बनाएका छन् ।’ खनालको भनाई थियो– ‘यो दिवसलाई ऐतिहासिक र वैज्ञानीक जगमा उभिएर जनताको मुक्ति परिवर्तन र क्रान्तिकारी आन्दोलनसँग जोडेर मनाउनु पर्दछ ।’

केन्द्रीय उपाध्यक्ष कपिल खनालले नेपालमा चल्ने संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनको पक्षमा बोल्दै संघीयता खारेजीको विकल्प नरहेको हुदा धेरै भन्दा धेरै सहभागी हुन आव्हान गर्नु भयो ।

कार्यक्रममा धनमायाँको अध्यक्षता तथा विना थापाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई रवि थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य मोहन गिरी, केन्द्रीय साँस्कृतिक विभागका रिम राना, क्षेत्रीय सदस्य नारायण ज्ञावली, टंक थापा, जयपुर उत्तर नगर समितिका अध्यक्ष मंगल खड्का, क्षेत्रीय महिला विभागबाट कल्पना थापा, केन्द्रीय परिषद सदस्य दिपा थापा, सुनिता परियार लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार