छोरी तिमी 

छोरी तिमी मेरो अंश हौ
छोरी तिमी घरको बंस हौ।

छोरी तिमी आखाको नानी हौ
छोरी तिमी हर क्षणको बानी हौ।

छोरी तिमी भबिस्यको आस हौ
छोरी तिमी हाम्रो अदम्य साहस हौ।

छोरी तिमी मेरो मुटुको टुकुरा हौ
छोरी तिमी मेरो दाइने पाखुरा हौ।

छोरी तिमी घरको ज्योति हौ
छोरी तिमी हिरा र मोती हौ।

छोरी तिमी धर्तीको फुल हौ
छोरी तिमी खुशीको मुल हौ।

छोरी तिमी घरको सान हौ
छोरी तिमी हाम्रो अभिमान हौ।

छोरी तिमी धैर्यताकी खानी हौ
छोरी तिमी बिबेकताकी रानी हौ।

छोरी तिमी ममताकी खानी हौ
छोरी तिमी झासीकी रानी हौ।

छोरी तिमी लक्ष्मी र दुर्गा हौ
छोरी तिमी घरको स्वर्ग हौ।

छोरी तिमी बिधाकी ज्ञाता हौ
छोरी तिमी सरस्वती माता हौ।

छोरी तिमी आफ्नाको लागि माली हौ
छोरी तिमी दुषमनको बिरुद्ध भद्रकाली हौ।

छोरी तिमी हुर्कदै गएकी छौ
छोरी तिमी सक्षम भएकी छौ।

छोरी तिमी सही गलतलाइ चिन्नु है
छोरी तिमी शिर उठाएर हिड्नु है।

छोरी तिमी बिरङ्गनाका ईतिहास पढ्नु है
छोरी तिमी सदाबहार निडर बन्नु है।

छोरी तिमी स्वाभिमानी भइ हिड्नु है
छोरी तिमी आफू भित्रको शक्तीलाइ चिन्नु है।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार