मूल प्रवाहका सदस्य डम्बरबहादुर थापाप्रति हार्दिक श्रद्धाञ्जली

चेन्नई । डम्बरबहादुर थापाको चेन्नई स्थित किल्पाक मेडिकल कलेज एण्ड हस्पिटल केएमसीमा दुखद निधन भएको छ । उनी स्वास प्रस्वास समस्याका कारण २४ मार्च २०२५ का दिन अड्मिट भएका थिए ।

कालिगण्डकी गाउँपालिका ६, गुल्मी निवासी बाबा लाल बहादुर थापाका साहिला छोरा डम्बर बहादुर थापा लामो समयदेखी चेन्नईमा जागिर गर्दै आएका थिए । उनको उपचारको क्रममा निधन भएको खबर पाएपछि आफन्त एवं मूल प्रवाह एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा लगायत मूल प्रवाहका कार्यकर्ताहरु हस्पिटलमा पुगि पोलिस रिपोर्ट र हस्पिटल प्रकृया अघि बढाइएको थियो ।

एक मिनट मौनधारण सहित मूल प्रवाह केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले संक्षिप्त शोक मन्तव्य राख्नुभएको थियो भने किशोर शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।

दाहसंस्कारमा छोरा योगेन्द्र थापा, मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय सदस्य हरि प्रसाद शर्मा, प्रकाश बहादुर नेपाली, डिल बहादुर जिएम, रवि नेपाली, रामु नेपाली, जन संपर्क समितीबाट जिआर शर्मा, समाजसेवी दुर्गा सुवेदी लगायत संगठनका साथीहरु तथा आफन्तजनहरुको बाक्लो उपस्थितीका बिच अन्तिम दाहसंस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार