चेन्नई पूर्व अन्तर्गत अल्वारपेट एरियाको १३ औं सम्मेलन सम्पन्न

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व नगरद्धारा संचालित अल्वारपेट एरिया समितिको १३औं बार्षिक सम्मेलन ८ मार्च २०२० का दिन सम्पन्न भएको छ ।

कोटि प्रसाद पोख्रेलको संचालन र मान बाहादुर केसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय सदस्य काशिराम शर्मा, नगर सदस्य राम प्रसाद शर्माको अतिथि आसनग्रहण पछि शहिदहरूको सम्मानमा १ मिनेट मौनधारण पछि बिष्णु बहादुर थापा क्षेत्रीले स्वागत मन्तव्य दिनु भएको थियो ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथि थापाले तालिको गडगडाबिच गर्नु भएको थियो । थापाले उद्घाटन मन्तव्यमा एकता समाजको बारेमा र एकता समाजले खेलेको भुमिकोलाई प्रष्ट्याउनु भएको थियो । एकता समाज नै प्रवासी नेपालीहरुको अभिभावक रहेको भन्दै सम्पूर्ण नेपालीहरुलाई एकता समाजको झण्डा मुनि गोलबन्द हुन आव्हान गर्नु भयको थियो ।

थापाले नेपालमा सरकारले अमेरिकन साम्राज्यवादसँग सम्झौता गरेको एमसिसी नेपाल र नेपाली जनताको लागि कोरोना भाइरस भन्दा पनि खतरा रहेको बताउनु भयो । साथै एमसिसी खारेजीका लागि सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु एकजुट भएर अगाडि बढ्न समेत थापाले आव्हान गर्नुभएको थियो ।

सम्मेलनले मान बहादुर केसीको अध्यक्षतामा ७ पुर्ण, बैकल्पिक र २ सल्लाहकार गरि ११ सदस्यीय अल्वारपेट एरिया समिति चयन गरेको छ । जस्मा : उपाध्यक्ष– बिष्णु बहादुर थापा क्षेत्री, सचिव– बिष्णु बहादुर सुनार, सहसचिव– रबि अधिकारी र कोषाध्यक्ष– कोटी प्रसाद पोख्रेल रहनुभएको छ । त्यस्तै सदस्यमाः ऋषि राम रेग्मी, दिलिप सुनार, बैकल्पिक सदस्यमाः गोर बाहादुर विक र प्रदिप भट्टराई रहनुभएको छ । सम्मेलनले फनाराम कालाथोकी र देबि कुमारी बुढाथोकीलाई सल्लाहकार चयन गरेको छ ।

नब निर्वाचित समितिलाई काशीराम शर्मा, राम प्रसाद शर्मा र जनक रोकायले बधाई तथा शुभकामना दिनुभएको थियो । अन्तमा एरिया समितिको तर्फबाट रबि अधिकारीले सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार